US Khabar
  • नबिकरण तथा नयाँ सदस्यताकालागि एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को अनुरोध

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    नबिकरण तथा नयाँ सदस्यताकालागि एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को अनुरोध

    एनआरएन अमेरिकाको आसन्न निर्बाचनलाई मध्यनजर गर्दै एनआरएनए अमेरिका टेक्सास च्याप्टरले सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि अनुरोध गरेको छ । आज एक प्रेस बिज्ञप्ति सार्बजनिक गर्दै एनआरएनए अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष राजेश अर्याल र सचिब सोफिं थापाले एनआरएनएको महत्व र आवश्यकता सहित नविकरण तथा नयाँ सदस्यताका लागि अनुरोध गरेका हुन् ।

    एनआरएनए अमेरिकाको आशन्न निर्वाचन २०२१-०२३ लाई मध्यनजर गर्दै सनदस्यता लिनु पर्ने आवश्यकताको महत्वलाई जानकारी दिँदै अमेरिका तथा टेक्सासबासी नेपाली समुदायलाई आग्रह गरेका हुन् ।

    प्रेसित प्रेस बिज्ञप्ति

    हार्दिक अनुरोध ।

    सम्पुर्ण आदरणिय एनआरएन साथीहरु नमस्कार । सबैभन्दा पहिला त हाम्रो कार्यकालको शुरुवात देखी नै यंहाहरुले दिनु भएको माया साथ र हौसलाको लागि धेरै धन्यबाद दिन चाहान्छौं ।

    यंहाहरुकै साथले आज हाम्रो च्याप्टर अमेरिकाकै सकृय च्याप्टरमा परेको कुरा यंहाहरु समक्ष राख्न पाउंदा हामि हर्षित छौं । प्रिय एनआरएन साथीहरु, एनआरएन एउटा हामी सबैको साझा अभियान हो, यो निरन्तर चलि नै रहनेछ । समय अनुसार यसका माग र नारा फेरिंदै जालान् तर आवश्यकता भने झनै बढ्दै जाने कुरा पक्कै छ ।

    एनआरएन अभियानलाई बलियो बनाउन र अझै धेरै बिदेशमा रहेका नेपालीहरुको प्रत्यक्ष सहभागिता गराउन यसको सदस्यता बिस्तार मुख्य मेरुदण्ड हो । एनआरएन अमेरिकाको निर्बाचनलाई मध्यनजर गर्दै यो पटकको निर्बाचनमा यंहाहरुले पनि प्रत्यक्ष भाग लिन पाउने अधिकार सहितको सदस्यता लिन अब मात्र केहि दिन बांकी रहेको छ । हुन त सदस्यता सदैव लिन मिल्छ तर सदस्यहरुको प्रत्यक्ष मतबाटै नयां नेतृत्व चयन हुने पनि भएकोले सदस्यता बन्दै संस्थामा अझै धेरै अपनत्व बढाउनु हुन यंहा अनि यंहाका वरपर रहनुभएका सम्पुर्ण एनआरएन ज्यूहरुमा यस संस्थाको निम्न लिंकमा गई सदस्यता लिएर यो महा अभियानमा प्रत्यक्ष सहभागि हुन बिनम्र अनुराधे गर्दछौं ।

    धन्यबाद सहित

    राजेश अर्याल ( अध्यक्ष )

    सोफिन थापा ( सचिव )

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">