US Khabar

नयाँ सदस्यता र नबिकरणकालागि उपाध्यक्ष सुबेदीको आग्रह

- Admin | २ वर्ष पहिले प्रकाशित

नयाँ सदस्यता र नबिकरणकालागि उपाध्यक्ष सुबेदीको आग्रह

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका उपाध्यक्ष बुद्धी  सुवेदीले नयाँ तथा आजिवन सदस्यता र नविकरणका लागि आग्रह गरेका छन् । नयाँ कार्यसमिती निर्वाचनको पहिलो तयारीका रुपमा हेरिएको सदस्यता बितरणको महत्वलाई ध्यानमा राख्दै उपाध्यक्ष सुवेदीले प्रकृयागत योग्यता पुगेका अमेरिकाबासी नेपालीलाई सदस्यता तथा नविकरणका लागि पुन अनुरोध गरेका हुन् ।

सदस्यता ड्राइव समिति अध्यक्ष समेत रहेका सुवेदीले बिषयमा जानकारी गराउँदै सदस्यता बितरण नै अमेरिकामा रहेका नेपालीहरुलाई एनआरएनए सम्म जोड्ने सेतुका रुपमा रहेकाले सदस्यता लिनु र नविकरण गराउनुले स्वयं आफ्नो लागि पनि एनआरएनएको एकता अभियानसंग अधिकारपूर्वक सहभागी हुनु भन्ने अर्थ राख्ने भन्दै केही संस्थागत र ब्यक्तीगत कमजोरीका आधारमा यति संवेदनशिल सामाजिक संस्थाप्रतिको धारणा बदल्नु भन्दा एनआरएनए अमेरिकालाई हाम्रो साझा घरका रुपमा हेरेर यसलाई बलियो बनाउनु आजको आवश्यकता भएको धारणा राखेका छन् ।

यसका लागि उनले भावनात्मक र सामाजिक दुवै अवस्थामा फुटेर भन्दा जुटेर नेपाली एकताको परिचय दिनु सबैको कर्तब्य र अधिकार दुवै भएको आसय सहित आगामी फेब्रुअरी १५ सम्ममा नयाँ सदस्यता तथा नविकरणमा सहभागी हुन आग्रह गरेका छन् ।

यस अघि पनि संस्था र ब्यक्तीगत तर्फबाट सदस्यता बितरणका लागि सार्वजनिक अपिल हुँदै आएका छन् । जसमा अध्यक्ष सुनिल, शाह, बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे लगायतको बिज्ञप्ती समेत आईरहेका छन् ।

बर्तमान उपाध्यक्ष बुद्धी  सुवेदीलाई यो निर्वाचनमा अध्यक्ष पदको उमेद्वारका रुपमा देख्न सकिने आशंका पनि धेरैको छ । तर सुवेदी स्वयंले भने बर्तमान समयमा सदस्यता बितरण पहिलो प्राथमिकतामा रहेकाले निर्वाचनको उमेद्वारीलाई लिएर अहिले नै ठोश निर्णय या योजना नवनिसकेको भन्दै यस बिषयमा अहिले नै स्पष्ट जवाफ दिन नसकिने बताएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!