US Khabar

नयाँ सदस्यता र नबिकरणकालागि वरिष्ठ उपाध्यक्ष बन्जाडेको आग्रह

- Admin | २ वर्ष पहिले प्रकाशित

नयाँ सदस्यता र नबिकरणकालागि वरिष्ठ उपाध्यक्ष बन्जाडेको आग्रह

गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडेले नयाँ तथा आजिवन सदस्यता र नविकरणका लागि आग्रह गरेका छन् । नयाँ कार्यसमिती निर्वाचन २०२१\ ०२३ नजिकिंदै गर्दा वरिष्ठ उपाध्यक्ष बन्जाडेबाट यस विषयमा प्रेश विज्ञप्ती सहित आधिकारिक धारणा आएको हो ।

वरिष्ठ उपाध्यक्ष डा. बन्जाडेद्वारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार कोभिड पेण्डामिकका समय अमेरिकामा देखिएको संन्त्रासले विपतको वेला अझ बढि आफ्नोपन र एकताको आवश्यकता देखिएकोले सदस्यता लिन तथा नविकरण गर्न प्रकृयागत योग्यता पुगेका सबै अमेरिकाबासी नेपालीमा अनुरोध गरिएको छ ।

यो सामाजिक हितका लागि स्थापित संस्था भएकाले आवश्यक योग्यता पुगेका सबैले सदस्यता लिइदिए बाँकी अरू नेपालीका समस्या सम्म पुग्न र सहयोग गर्न सङ्घ र हामी सफल हुने भएकाले सदस्यता आफ्नो अधिकार र कर्तव्य दुवै सम्झेर नयाँ तथा आजीवन सदस्यता लिइदिन र नवीकरण गर्न बाँकी सदस्यहरूले पुन संस्थासँग आबद्ध रहने अभियान स्वरूप नवीकरण गरिदिन व्यक्तिगत र संस्थागत तर्फबाट पनि अनुरोध गर्दै उनले सदस्यता वितरणको निर्धारित समय सिमा फेबु्रअरी १५ सम्ममा सदस्यता बितरण अभियानमा सहभागी हुन सबैलाई आग्रह गरेका हुन् ।

यस्तो छ डा. बन्जाडेको विज्ञप्तीको पूर्ण पाठ

आदरणीय अमेरिका वासी नेपाली आमा– बुबा, दाजु –भाइ, दिदी–बहिनीहरू सम्पूर्णमा नमस्कार ।
विभिन्न कारणले मातृभूमि नेपाल बाहिर रहेका नेपालीहरूको साझा, प्रतिनिधिमूलक एवं गौरवशाली संस्थाका रूपमा रहेको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तरगत राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कोभिड-१९ पेण्डामिक बिचमै पनि सदस्यता वितरण तथा नवीकरणको प्रक्रियालाई दूत गतिमा अघि बढिरहेको यहाँहरू संबैलाई विदितै छ ।
यस विषयमा संस्थागत र पदाधिकारी मार्फत पटक पटक जानकारी गराउँदै आएको कुरा पनि यहाँहरूलाई अवगत नै छ । सदस्यताका लागि आवश्यक योग्यता र प्रावधानको प्रक्रियागत ढङ्गका कारण चाहेर पनि अमेरिकामा रहेका हामी सबै नेपाली सङ्घमा समेटिन सकेका छैनौँ । यद्यपि यो सामाजिक हितका लागि स्थापित संस्था भएकाले आवश्यक योग्यता पुगेका सबैले सदस्यता लिइदिए बाँकी अरू नेपालीका समस्या सम्म पुग्न र सहयोग गर्न सङ्घ र हामी सफल हुने भएकाले सदस्यता आफ्नो अधिकार र कर्तव्य दुवै सम्झेर नयाँ तथा आजीवन सदस्यता लिइदिनु हुन र नवीकरण गर्न बाँकी सदस्यहरूले पुन संस्थासँग आबद्ध रहने अभियान स्वरूप नवीकरण गरिदिनुहुन म व्यक्तिगत र संस्थागत तर्फबाट पनि अनुरोध गर्दछु ।
फेब्रुअरी १५-२०२१ सम्ममा सदस्यता समयावधि तोकिएका छ । हुन त यो निरन्तरको प्रक्रिया हो । तर १ वर्ष देखी कोभिड पेण्डामिकले आक्रान्त अमेरिका र त्यसको मारमा ज्यान समेत जाने गरी भोगेको सन्त्रासले सम्पूर्ण यहाँ रहेका नेपालीहरू अझ बढी एकतामा बाँधिनु पर्ने आवश्यकता महसुस गरेकाले पनि यो पटक सदस्यता वृद्धि, नवीकरण, आजीवन सदस्यता वृद्धिलाई विशेष महत्त्व दिएर अभियान नै सञ्चालन गरिरहेको छ ।
सङ्घलाई विधि, पद्दती र संस्थागत ढङ्गबाट अघि बढाउनका लागि सङ्घको विधानले निदृष्ट गरेको निर्वाचन प्रक्रियालाई प्राथमिकतामा राखी प्रत्येक नयाँ कार्यसमिति चयन हुनुअघि त्यस कार्यसमिति चयन गर्न मतदानमा भाग लिन पाउने सदस्यहरूको सुनिश्चितता गर्नुपर्ने हुन्छ । त्यसै पक्षलाई ध्यानमा राखी आगामी कार्यसमिति निर्वाचन (२०२१ \ २०२३ ) का लागि भइरहेको सदस्यता वितरण, नवीकरण र आजीवन सदस्यता लिएर नेपाली प्रतिनिधित्व मूलक यस संस्थालाई अझ बढी बलियो बनाउनका लागि सहयोग गर्न पनि सम्पूर्ण अमेरिकावासी नेपालीलाई अनुरोध गर्दछु ।
यस कार्यमा जुटिरहनुभएका राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा बोर्डका साथीहरू, संरक्षक ज्यूहरू, सल्लाहकार ज्यूहरू, अमेरिका वाट एनआरएनए आइसिसीमा प्रतिनिधित्व गर्नुभएका आइसिसी पदाधिकारी, सदस्य, मानार्थ सदस्य एवं सल्लाहकारहरू, विभिन्न कमिटी तथा टास्क फोर्सका साथीहरू, च्याप्टरका साथीहरू, पत्रकार मित्रहरू, अन्य सामाजिक सङ्घ संस्थाका साथीहरू एवं सदस्य एनआरएनए अभियन्ताहरूको सक्रियतामा लामो समयको सन्त्रास पछि भ्रातृत्व र एकता अभियानका रूपमा वितरण हुन लागेको यस वर्षको सदस्यता वितरणलाई सफल बनाउन सके मात्र खराब प्रवृत्ति र कमजोरीलाई हटाउन मद्दत मिल्ने हुँदा सबैलाई सदस्यता लिन पुनश्च अनुरोध गर्दछु ।
तपाई हामी सबैको साझा प्रयासले फेब्रुअरी १५, २०२१ अघि धेरै भन्दा धेरै अमेरिकामा रहनुभएका एनआरएनहरूलाई सदस्यको रूपमा सङ्घको छाताभित्र गोलबन्द गर्न सकिनेमा म विश्वस्त छु । र अन्त्यमा, म विगतको कार्यकालमा सदस्य बनि सक्नु भएकाहरुलाई नवीकरण गर्नुहुन र नबनिसक्नु भएकाहरुलाई सदस्य बन्नका लागि अनुरोध गर्दछु । अमेरिकामा सक्रिय अन्य सङ्घ संस्थाहरूको समेत यस कार्यमा सहयोगी भूमिका हुनेछ भन्ने विश्वास राखेको छु । सङ्घको सदस्य बन्ने क्रममा प्राविधिक जटिलता लगायत केही समस्या परेको खण्डमा मेम्बर सिप ड्राइभ कमिटीका साथीहरू, बोर्डका पदाधिकारी तथा बोर्डका साथीहरू, च्याप्टरका साथीहरूलाई सम्पर्क गर्नुहुन म विशेष अनुरोध गर्दछु ।
जय एनआरएन । जय एनआरएनए अमेरिका ।
धन्यवाद !
डा. अर्जुन बन्जाडे
वरिष्ठ उपाध्यक्ष
गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका
214-680-2871

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!