US Khabar

चर्चित लेखक क्रिस्टोफर पाइकको द मिडनाइट क्लबमा अमेरिका निवासी सौरियन सापकोटाको अभिनय

- Admin | २ वर्ष पहिले प्रकाशित

चर्चित लेखक क्रिस्टोफर पाइकको द मिडनाइट क्लबमा अमेरिका निवासी सौरियन सापकोटाको अभिनय

पछिल्लो समय चलचित्र र सिरिजका कारण अत्यन्त लोकप्रिय बनेको नेटफ्लिक्सबाट प्रसारण हुने नयाँ सिरिजमा नेपाली मुलका अमेरिका निवासी १९ बर्षिय सौरियन सापकोटाको अभिनय हेर्न पाईने भएको छ ।

‘द मिडनाइट क्लब’ नामक सो सिरिजमा सौरियन मुख्य मध्यका एक कलाकारका रुपमा अनुवन्धित भएका हुन् ।

चर्चित लेखक क्रिस्टोफर पाइकको बेस्ट सेलिङ उपन्यास द मिडनाइट क्लबमा आधारित यस सिरिज हरर सिरिज हो जो १० भागको रहेको छ । सम्पुर्ण भागमा भुतप्रेतका कथाहरुलाई समेटिएको छ ।

हाल न्युयोर्क युनिर्भसिटीमा मुख्य विषय अभिनय लिएर अध्ययनरत सौरियन अभिनित यस सिरिजको निर्देशन माइक फ्लानागन र लेह फंगले गर्ने भएका छन् । क्यानडामा छायांकन गरिने यस सिरिजका लागि सौरियन आफु अध्ययनरत युनिभर्सिटीबाट १ हप्ताको स्विकृती लिएर अमेरिकाबाट क्यानडा जानुपर्ने हुन्छ ।

नेटफ्लिक्स मुख्य रूपमा चलचित्र र सबै उमेर समुहका मानिसहरुका लागि उपयुक्त हुने सिरिज वा श्रृंखलाहरूको लागि लोकप्रिय छ ।

समाचार / फोटो स्रोत : खसोखास

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!