कोरोना भाईरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाएका अनिल लिम्बुको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । गत मार्च २४ तारिख न्यूयोर्कमा निधन भएका लिम्बुको परिवारलाई उनको उपचारका लागि संचालित गो फण्डमा संकलित बिस हजार नौसय चालिस अमेरिकन डलर ($२०,९४०.२४) सहयोग रकम हस्तान्तरण गरिएको हो ।
न्युयोर्क निवासी लिम्बुलाई कोरोना संक्रमण देखिएपछि उनको उपचारका लागि १६ दिन अगाडि गोफण्ड संचालन गरिएको थियो जसमा जम्मा: (२१,७०६) एकाइस हजार सातसय छ अमेरिकन डलर संकलन भएको थियो जस मध्य मध्येमा गोफण्डले २.९ % (प्रतिशत )तथा ३० सेन्ट प्रति सहयोग कटाएर बाकी रहेको, बिस हजार नौसय चालिस अमेरिकन डलर ($२०,९४०.२४) सहयोग रकम मृतकका श्रीमति शान्ता लावती सुब्वाको क्यापिटलवनको बैंक खाता नम्बर: (xxxxxx८४३०) मा जम्मा हुनेगरी स्थानान्तरण गरिएको हो ।
राहत संकलनका अभियन्ता नेपाली जनसम्पर्क समिति अमेरिकाकामहासचिव मुनिद्र नेम्बाङले यो सहयोग रकमले पीडितको परिवारलाई केही राहत पुग्ने बताउँदै, नेम्बाङले राहत जुटाउँनका लागि सबै संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, सामाजिक अभियन्ता र आम नागरिकले सहयोग गरेको बताए ।
भर्जिनियावासीडा। देशराज सम्योगले गोफण्डलाई संचालनमा ल्याएर प्राविधिक रूपमा सहयोग गरेका थिए भने परिवारको तर्फबाट पुष्पलता सुब्वा रसुभद्रा सुब्वाले सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए । यसको समन्वय किरात याक्थुङ चुम्लुङ अमेरिकाले गरेका थिए ।पाँचथरकोकुम्मायक गाउँपालिका रानीगाउँमा जन्मिएको अनिल सुब्वा लिम्बु बिगत लामो समय देखि अमेरिकाको न्यूयोर्कमा रहदै आएका थिए ।
४९ बर्षीय अनिल लिम्बुको एक श्रीमती शान्ता लावती लिम्बु, दुई छोराहरू प्रकाश सुब्वा लिम्बु, ताङछो हाङ सुब्वा लिम्बु र एक छोरी रेनुसब्वा लिम्बु छन् ।
प्रतिक्रिया