US Khabar

राजेश हमाल र रिमाको अभिनयमा अमेरिका निवासी गायक बसन्त लम्सालको ‘ज्यानै फाल्न’ सार्वजनिक

- Admin | २ वर्ष पहिले प्रकाशित

राजेश हमाल र रिमाको अभिनयमा अमेरिका निवासी गायक बसन्त लम्सालको ‘ज्यानै फाल्न’ सार्वजनिक

अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको म्युजिक भिडियो ‘ज्यानै फाल्न पहिले’ सार्वजनिक गरेका छन्।

मर्नु सरल छ जिउनु कठिन , यो दुनिया कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरु नै जिउदा हुन्छन लड्छन र जिउछन भन्ने संदेश दिन खोजिएको यस गीतमा स्वर गायक तथा संगीतकार हरि लम्सालको रहेको छ भने किरण कडेलको संगीत संयोजन रहेको छ।

मार्मिक म्युजिक भिडियोमा महानायक राजेश हमाल, रिमा बिश्वकर्मा को साथमा बालकलाकार श्रीवानी थापा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

यस अघि गीतकार तथा संगीतकार बसन्त लम्सालले यसलाई पर्दा उसले हेर्थ्यो, तिमी मेरो एउटाु लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। यस गीतको म्युजिक भिडियोलाई हेरिदिन सम्पुर्णलाई निर्माण समुहले सबैलाई आग्रह गरेका छन्।

https://www.youtube.com/watch?v=fr8jdod9TeA&feature=youtu.be

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!