US Khabar
  • उदय जिएमको नेतृत्वमा महासंघमा जाने प्रगतिशीलको निर्णय

    - Admin | ४ हप्ता पहिले प्रकाशित

    उदय जिएमको नेतृत्वमा महासंघमा जाने प्रगतिशीलको निर्णय

    काठमाडौं, माघ २४ । प्रगतिशील पत्रकार संघ, नेपालले संघका अध्यक्ष उदय जीएमको नेतृत्वमा नेपाल पत्रकार महासंघको केन्द्रमा जाने निर्णय गरेको छ । संघको केन्द्रीय समितिको माघ २१ र २२ गते लुम्बिनीको राजधानी भालुबाङमा बसेको बैठकले महासंघको निर्वाचनका लागि सञ्चारसम्बद्ध संघ÷संगठनहरुसँग वार्ताका लागि प्रगतिशील पत्रकार संघले वार्ता समितिसमेत गठन गरेको छ । अध्यक्ष उदय जीएमको संयोजकत्वमा श्यामलाल पोखरेल, प्रकाश थापा, गोपाल बराइली र राम सुवेदी सदस्य रहेको वार्ता समित गठन गरिएको सचिब श्याम पोख्रेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रगतिशील पत्रकार संघ नेपालले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब बिनाशर्त उपलब्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ । सेवासुविधासहित श्रमजीवी पत्रकारहरुलाई तलब तथा पारिश्रमिक उपलब्ध गराउन आग्रह गर्दै पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई दवाव दिने र पारिश्रमिक नदिने मिडिया हाउसहरुलाई प्रगतिशील पत्रकार संघले कारवाहीको माग गरेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">