US Khabar

‘जनतासँग गरेको बाचा पूरा गर्न नदिएपछि बाध्य भएर संसद विघटन गरेको हुँ’ – प्रधानमन्त्री ओली

- Admin | १ वर्ष पहिले प्रकाशित

‘जनतासँग गरेको बाचा पूरा गर्न नदिएपछि बाध्य भएर संसद विघटन गरेको हुँ’ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशका लागि संसद विघटन गर्नुपरेको बताएका छन् । सोमबार सिंहदरबारस्थित पुनर्निर्माण भएको प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउछु भन्नेहरुले नै जनतासँग गरेको कबुल पूरा गर्न नदिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका हुन् ।

समानान्तर सत्ता सञ्चालन गर्न खोज्नेहरुलाई परास्त गर्न पनि आफूले विघटनको कदम चालेको उनको जिकिर गरेका प्रधानमन्त्री ओलीले संसद विघटन पछि अग्रपंतीमा रहेर आन्दोलन सहितको विरोध जनाईरहेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायत नेताहरुलाई लक्षित गर्दै जनताको विश्वास भन्दा पदिय फाईदामा चल्दा एकता बिरोधी र जनचाहना विपरितका क्रियाकलाप भै रहेको र आफुले जति नै कोशिष गरेपनि नसकेपछि ताजा जनादेश नै जनताको हित अनुरुपको आउन सक्ने देखेर नचाहदाँ नचाहँदै पनि बाध्यतावस यो निर्णय लिनुपरेको पनि बताएका छन् ।

आफ्नो कार्यकालको हालसम्मको उपलब्धिबारे ब्रिफिङ समेत गरेका प्रम ओलीले सुरुवाटै पार्टीभित्रैबाट काम गर्न वाधा उत्पन्न भएको भन्दै जनता सामु आफुले गरेको बाचा जव पुरा गर्न दिईएन त्यसलाई पुरा गर्न स्वयं जनताकै राय र चाहनाको खाँचो महसुष गरेर त्यसका लागि जनताकै बीचमा जान चाहेको बताएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!