US Khabar
  • अध्यक्षका प्रत्यासी केसीको आग्रहः फेस भेरिफिकेसन र वान डिभाइस वान भोट लागु नगरि निर्वाचन नगरौँ

    - Admin | २ हप्ता पहिले प्रकाशित

    अध्यक्षका प्रत्यासी केसीको आग्रहः फेस भेरिफिकेसन र वान डिभाइस वान भोट लागु नगरि निर्वाचन नगरौँ

    सिन्डिकेट तोडौँ नेपाली जोडौँ सदस्य बनौँ भन्ने मूलनाराका साथ एनआरएनए अमेरिकाको अध्यक्षमा दाबेदारी गर्नुभएका तिलक केसीले फेस भेरिफिकेसनअनुहार प्रमाणिकरण) र एक डिभाइस एक भोटको व्यवस्था नगरि चुनाव गर्न नहुने बताउनु भएको छ

    एनआरएनए अमेरिकाको मेम्बरसीप ड्राइभ सकिए लगतै     वि ज्ञप्ति जारि गरि केसीले निश्पक्ष नेतृत्व चयनका लागी मतदान पनि एकदिन मै गरिसक्नु पर्ने उल्लेख गर्नुभएको छ अमेरिका जस्तो प्रविधि सम्पन्न मुलुकमा एकदिनमा मतदान सम्पन्न गर्न कुनै कठिनाइ छैन, दुइदिने तालिकाले अनियमितता र अनावश्यक चलखेललाइ मात्र प्रवर्धन गर्ने गरेको छ, उनले भने एनआरएनए अमेरिकाको चुनाव दुइदिन हुदै आएको छ एनसिसि अमेरिकाको बोर्ड अफ डाइरेक्टर समेत रहेका केसीले फेस भरिफिकेसन र एक डिभाइसबाट एक मात्र भोट हाल्न पाउने व्यवस्था नगर्न हो भने निश्पक्ष नेतृत्व चयन हुन नसक्ने र त्यसबाट एनआरएनएको गरिमा गिर्ने काम मात्र हुने हुनाले यो विषयमा कार्यसमितिले तत्काल निर्णय गरि निर्वाचन आयोगलाइ जानकारि दिनुपर्ने बताउनु भयो निर्वाचनमा गलन मानिसले भोट नखसालुन भनेर फेस भेरिफिकेसन प्रणालि अपनाइन्छ यो प्रविधिले आर्टिफिसियल इन्टलिजेन्सको मद्धतद्धारा सदस्य बन्दाको फोटोसंग मतदान गर्ने मानिसको फोटो म्याच गरि प्रमाणिकरण गर्देछ यसरि गैरसदस्यले मत खसाल्न पाउने छैन त्यस्तै अनलाइन मार्फत गरिने निर्वाचनमा एक डिभाइस एक भोट’ अधिकांश निर्वाचनमा प्रयोग हुने विधि हो एउटा मोवाइल, कम्प्युटर, ट्यावलेट वा ल्यापटपबाट एकजनाले मात्र भोट गर्ने प्रणालिलाइ एक डिभाइस एक भोट भनिन्छ यसो गर्दा एक डिभाइसबाट बहुसंख्यक सदस्यको भोट खसाल्न पाइन्न र हरेक सदस्य आफैँले मतदान गर्नु पर्ने हुँदा सहि नेतृत्व चयन गर्ने सकिन्छ एनआरएनए अमेरिकाको बिगतका निर्वाचनहरुमा एकै डिभाइसबाट सयौँ भोट खसालेको पाइन्छ जसले गर्दा कसलाइ जिताउने वा हराउने भन्ने कुरा सदस्यले नभै डिभाइस हातमा लिएको व्यक्तिमा भर पर्दछ यसरि निश्पक्ष नेतृत्व चयन सम्भव छैन, एनसिसि अमेरिका फेरी अर्र्काे विवादमा फस्नेछ े विज्ञप्तिमा उल्लेख छ

    अध्यक्षका प्रत्यासी केसीले एनआरएनएको सदस्य बन्नुभएका समस्त अमेरिकाबासी नेपालीलाइ धन्यवाद दिदै बर्षाैदेखिको सिन्डिकेट तोड्न आफ्नो अभियानमा साथ दिन आग्रह समेत गर्नुभएको छ

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">