अमेरिकाको टेक्सस राज्यमा केही दिनदेखी परिरहेको हिमपातका कारण टेक्ससवासी नेपाली समुदाय पनि प्रभावित वनेपछि गैर आवाशिय नेपाली संघ (एनआरएनए) अमेरिका टेक्सस च्याप्टरले सहयोग अभियान सुरु गरेको छ । हिमपातका कारण नेपाली समुदाय रहेका धेरै ठाउँमा बिजुली, यातायात, पसल लगायतका क्षेत्र बन्द हुनुका कारण भारी हिमापात र चिसोको कारण ग्यास चुलो समेत नबलेका जस्ता संवेदनशिल समस्या देखिएपछि टेक्सस च्याप्टरले सहयोग संकलन तथा वितरण कार्य सुरु गरेको हो ।
यस बिषयमा च्याप्टरका तर्फवाट अध्यक्ष राजेश अर्याल, सचिव सोफिन थापा, सन्देश उप्रेती लगायतले सामाजिक संजाल मार्फत जानकारी गराउँदै आएका छन् । जसमध्य च्याप्टर अध्यक्ष अर्याल र सचिव थापाका जारी सुचना सहितको आपतकालिन सहयोग संकलनबारे भनिएको छ केहि दिन देखी परेको हिमपातका कारण यतिबेला टेक्सासको जनजिवन अस्तब्यस्त भएको छ । सबैभन्दा पहिला त यंहाहरु सम्पुर्ण सुरक्षित हुनुहोला भन्ने कामना गर्दछौं ।
भारी हिमपातका कारण टेक्सासका धेरै ठाउंमा हामै्र समुदायका सदस्यहरु पनि बिजुली गएको, ग्यांस चुलो गएको र अत्यन्तै चिसो मौषमा बसोबास र खानपीनकै समस्या भोग्नुपरेको खबर सुन्दा निकै दुखीत भएका छौं । हामी एनआरएनए अमेरिका र सिंगो टेक्सास च्याप्टर यंहाहरुको यस दुखको समयमा पनि साथमा रहेको र सक्दो सहयोग गर्न तयार रहेको जानकारी गराउंन चाहान्छौ ।
यहि खराब मौषमलाई मध्यनजर गरि एनआरएन अमेरिकाको पहल र टेक्सास च्याप्टरको अगुवाईमा हामीले हाम्रै ड्यालासमा रहेको नेपाली मन्दिरको समिती एनसीएससीसंग सहकार्य गरेर तत्कालका लागि न्यानो भने मन्दिरमा अस्थायी रुपमा न्यानो स्थानमा बस्ने र खाने ब्यवस्था रहेको जानकारी गराउंदछौं ।
साथै, एनआरएन टेक्सास च्याप्टरले त्यस बाहेकका यंहाहरुका समस्याहरु हेरेर सहयोग र समन्वय गर्न तयार रहेको जानकारी गराउंदै कुनै पनि समस्या रहेमा तत्काल च्याप्टर अध्यक्ष राजेश अर्याललाई फोन नम्बर ४६९५८३१४६८ मा र सचिव सोफिन थापालाई ५७१७८९७७६४ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।’
त्यस्तै सन्देस उप्रेतीले पनि यो विपतको समयमा सहयोग र एकताको जरुरी औल्याउँदै भनेका छन् टेक्सस राज्यमा आएको हिमपातले उत्पन्न विपत्तीका कारण अप्ठ्यारो अवस्थामा पर्नुभएका तपाईहरू कसैलाई केही सहयोग चाहिएमा सम्पर्कका लागि अनुरोध गर्दछु । यथाशक्य सहयोग गर्ने प्रयास गर्नेछौं ।
एनआरएनए अमेरिका टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, एनसीएससी लगायतका संघ संस्थाहरूले समस्यामा पर्नु भएकाहरूलाई सहयोग गर्ने जानकारी गराउनु भएको छ । यस्तो परिस्थितिमा सवै मिलेर सहयोगी हात अघि बढाउन जरूरी छ ।
उप्रेतीले नर्थ वेल्ट लाईनमा रहेको हिमालय अरोमा रेष्टुरेण्ट परिवारप्रति पनि आभार ब्यक्त गरेका छन् । हिमालय अरोमा रेष्टुरेण्टले प्रकृतीले निम्त्याएको यस अप्ठ्यारो अवस्थामा अत्यावश्यक पर्नेहरूलाई खानाको प्रबन्ध गर्ने मौखिक प्रतिवद्धता ब्यक्त गरेको छ ।
प्रतिक्रिया