US Khabar

सुशान्त खत्री र प्रियना “मुन्नी” को डान्सिगं धमाका ‘दिलकी टुकुरी’ गीत सार्वजनिक

- Admin | १ वर्ष पहिले प्रकाशित

सुशान्त खत्री र प्रियना “मुन्नी” को डान्सिगं धमाका ‘दिलकी टुकुरी’ गीत सार्वजनिक

ईन्डियाज डान्सिगं सुपरस्टारबाट उदाएका लोकप्रिय डान्सर सुशान्त खत्री र भद्रेगोल र डान्सिंग विथ द स्टार नेपालबाट चर्चामा आएकी प्रियना आचार्य मुन्नी अभिनित ‘दिलकी टुकुरी’ बोलको गीत सार्वजनिक भएको छ । अल्मोडा राना उप्रेतीको र विद्या तिवारीको स्वरमा रहेको यस गीत युटुव मार्फत सार्वजनिक भएको हो ।

विष्णु सापकोटाको शब्द र मिस्टर आरजेको संगीत रहेको गीतको संगीत संयोजन गायक अल्मोडा स्वयंको रहेको छ । राजिव समिरको निर्देशनमा निर्माण भएको भिडियोमा मोडल सुसान्त खत्री आफैंले कोरियोग्राफी गरेका हुन् । भिडियोमा सुसान्त र प्रियनासंगै गायिका विद्या तिवारी र गायक तथा संगीतकार मिस्टर आरजेलाई पनि प्रस्तुत गरिएको छ ।

मौलिक शब्दलाई र आधुनिकता रंगले कलात्मक रुपमा चित्रण गरिएको भिडियोलाई अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!