US Khabar

आधुनिकता र र्यापको कलात्मक प्रयोग: गायक रोशनको ‘तिमी विना एक्लो’ सार्वजनिक (भिडियो)

- Admin | १ वर्ष पहिले प्रकाशित

आधुनिकता र र्यापको कलात्मक प्रयोग: गायक रोशनको ‘तिमी विना एक्लो’ सार्वजनिक (भिडियो)

गायक रोशन रत्गौंयाको नयाँ गीत सार्वजनिक भएको हो । सन्दिप झकाश छेको शब्दमा रहेको तिमी विना एक्लो जीवन बोलको गीत गायक रोशन स्वयंकै संगीतमा भिडियो सहित सार्वजनिक भएको हो ।

समिक्षा चौधरी र सोनु क्यूश्मीको सर्पोटिभ आवाज रहेको यस गीतको संगीत संयोजन केशव बाबुले गरेका हुन् । अथाहा प्रेम, असमझतादी र बियोगको कथा बोकेको यस गीतको भिडियोको अन्तमा प्रेमि प्रेमिकाको मिलन गराएर संयोगान्त बनाईएको छ । जसमा आधुनिकता र र्यापको कलात्मक प्रयोग पनि भएको छ ।

बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा गीता ढुंगाना, किशोर केसी र जिएम कुशुम्या छेको अभिनय रहेको छ ।

बिरेन्द्र भट्टको छायांकनमा निर्माण भएको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!