US Khabar
  • बलत्कार पछि हत्या गरिएकी भागिरथी भट्टको शव सेरा घाटमा गाडियो

    - Admin | २ हप्ता पहिले प्रकाशित

    बलत्कार पछि हत्या गरिएकी भागिरथी भट्टको शव सेरा घाटमा गाडियो

    बलत्कारपछि हत्या गरिएकी बैतडीकी १७ बर्षिया भागरथी भट्ट अन्तिम दाह संस्कार गरिएको छ । माघ २१ गते बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथीको शुक्रवार अन्तिम संस्कार गरिएको हो ।

    माघ २१ गते दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सनातन धर्म माविबाट घर आउने बेला, बाटोमा पर्ने लवलेक सामुदाययिक वनमा बलात्कारपछि हत्या भएको थियो।

    उनको बलत्कार पछि हत्या उनकै परिवार भीत्रकै भाइ नाता पर्ने १६ बर्षिय दिनेश भट्टले स्वकारेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले दिनेशलाई बुधबार सार्वजनिक गरिएको थियो।

    भागरथीको माघ २१ गते दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सनातन धर्म माविबाट घर आउने बेला, बाटोमा पर्ने लवलेक सामुदाययिक वनमा बलात्कारपछि हत्या भएको थियो।

    स्कुल गएकी छोरीको शव बलत्कार पछि हत्या गरेर छोडिएको अवस्थामा माघ २३ गते फेला परेको थियो । अपराधी पत्ता नलाग्दा सम्म भागिरथीको शव नबुझ्ने अडानमा रहेको परिवारले दिनेशले नै उनको हत्या गरेको पुष्टी भएपछिमात्र शव बुझेर दाहसंस्कार गरेको हो । उनको विवाह नभएकाले उनको शव नजलाएर परम्परा अनुसार स्थानिय सेरा घाटमा गाडिएको छ।

    सुदूरपश्चिम प्रदेश सरकारले भागरथीको परिवारलाई ५ लाख दिने घोषणा गरेको छ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">