US Khabar

अन्जली अधिकारीको आकर्षक अभिनयमा पुष्कल र रचनाको ‘के दिउँ मायालाई चिनो’ सार्वजनिक

- Admin | १ वर्ष पहिले प्रकाशित

अन्जली अधिकारीको आकर्षक अभिनयमा पुष्कल र रचनाको ‘के दिउँ मायालाई चिनो’ सार्वजनिक

मोडल अन्जली अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ । गायक पुष्कल शर्मा र गायिका रचना रिमालको स्वरमा रहेको ‘के दिउँ मायालाई चिनो’ बोलको गीत गायक शर्माकै शब्द तथा लयमा भिडियो सहित सार्वजनिक भएको हो ।

माया प्रेमको भाव अभिब्यक्त यस गीतमा अन्जली अधिकारीसंगै गायक पुष्कल शर्मा, सवि शर्मा, समिक्षा पोख्रेल र अनुपा अधिकारीको अभिनय छ । गायक शर्मा मोडलिगं क्षेत्रमा पनि दर्शकले रुचाएको नाम हो ।

कजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशनमा निर्माण भएको भिडियोलाई अजय रेग्मीले छायांकन र दिपक विष्टको सम्पादन रहेको छ ।

अन्जली अधिकारी विगत ५ बर्षदेखी नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो । बर्दियामा जन्मिएकी अधिकारी त्यो मोडल हुन् जसले अभिनय गरेका धेरै गीत चर्चामा छन् र उनका चर्चा बाहिरका गीतहरुमा समेत उनको अभिनय हरेक उमेर समुहका नेपालीहरुले हेर्ने र मन पराउने गर्दै आएका छन् । ‘खरबारीमा घाँस काट्दा मायाले’ बोलको गीतबाट नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेकी अन्जली ‘मेरो मायाँ बसेको ठाउँमा’ गीतबाट अझ धेरै चर्चामा आएकी थिईन् उनको ‘बोल माया बोल’ गीत नेपाली सांगीतिक र कलाकारिता क्षेत्रको बहु चर्चित गीत हो जो सार्वजनिक भएको ४ बर्ष लागिसक्दा पनि उत्तिकै लोकप्रिय छ । झण्डै २ करोड दर्शकले यूटुव मार्फत हेरेको यस गीत नेपाली ग्रामिण समाजको वास्तविक कथा हो । हजारौंको संख्यामा लोक दोहोरी, आधुनिक, चलचित्र लगायतमा अभिनय गरेकी अन्जली पछिल्लो समयकी सफल र ब्यस्त कलाकार हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!