US Khabar

ट्रम्पको आक्रोस: डब्लुएचओलाई दिँदै आएको ४० करोड डलर अनुदान बन्द गर्न निर्देशन

- Admin | ३ वर्ष पहिले प्रकाशित

ट्रम्पको आक्रोस:  डब्लुएचओलाई दिँदै आएको ४० करोड डलर अनुदान बन्द गर्न निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको अनुदान बन्द गर्न निर्देशन दिएका छन्। कोरोना भाइरसको महामारी रोक्ने जिम्मेवारी निर्वाह गर्न डब्लुएचओ असफल भएको भन्दै ट्रम्पले यस्तो निर्देशन दिएका हुन् । कोरोना संक्रमण सुरु भएपछि डब्लुएचओ यसलाई नियन्त्रण गर्न नसकेको उनको आरोप छ ।

यसअघि उनले डब्लुएओ चीन केन्द्रित भएको र चिनिया भाइरस भएको आरोप लगाएका थिए । कोरोनाबाट अमेरिकामा २५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब ६ लाख संक्रमित छन्। अमेरिकाले गत वर्ष डब्लुएचओलाई ४० करोड डलर दिएको थियो।

यता, राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले अहिले कुनै पनि अवस्थामा अहिले सहयोग रोक्न नहुनेमा जोड दिएका छन् । उनले भनेका छन्, ‘यो समय सहयोग रोक्ने वा कम गर्ने होइन । यो बेला त एकताको खाँचो छ । एकीकृत प्रयासको आवश्यकता छ ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!