US Khabar
  • प्रकाश ओझाको ‘तेरो बाउ’ गीतमा X को छम्मा गायिका हाउडेमायाको बबाल र्याप

    - Admin | २ हप्ता पहिले प्रकाशित

    प्रकाश ओझाको ‘तेरो बाउ’ गीतमा X को छम्मा गायिका हाउडेमायाको बबाल र्याप

    यो बर्षको सर्वाधिक सफल गीत मेरो छम्मा गायिका सृजना खत्री हाउडेमायाको नयाँ गीत सार्वजनिक भएको छ । हाउडेमाया स्वयंको शब्द तथा निरज श्रेष्ठको संगीतमा रहेको तेरो वाउ बोलको गीत गायक प्रकाश ओझा र गायिका हाउडेमायाको युगल आवाजमा सार्वजनिक भएको हो ।

    मेरो को छम्मा नौटंकी माया, डवल माया, लाहुरे माया, तै मोरिलाई माया लगायतका गीतहरुकी गायिका हाउडेमाया तेरो बाउ गीतमा र्यापरको रुपमा देखिएकी छन् उसो त यस अघिको मेरो को छम्मामा पनि उनको र्याप प्रस्तुत छ । यो पटक सार्वजनिक उनको गीतमा उमेरले बुढेशकाल लागेपनि जवान मन बोकेर हिडेको एक पुरुषको कथालाई देखाईएको छ । जसमा हाउडेमाको र्यापले उनको हर्कतमाथी ब्याग्यं गरेको छ ।

    भिडियोमा गायिका हाउडेमाया र गायक ओझा स्वयंको अभिनय छ, भने रामशरण जंगम पनि केन्द्रिय पात्रको भूमिकामा देखिएका छन् ।
    कमेडी बेसलाई पनि समेटिएको यस गीतमा समाजमा रहेका एकल पुरुषको मानसिकतालाई प्रस्तुत गरिएको छ ।

    बसन्त निरौलाको निर्देशनमा निर्माण भएको तेरो बाउको भिडियोलाइ दिब्य राज सुवेदीले छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
    पछिल्लो समय बिषेशत युवा पुष्तामाझ चर्चामा रहकी गायिका हुन् श्रृजना खत्री हाउडेमाया, उनको यस बर्ष सार्वजनिक गीतहरु प्राय सबैनै चर्चामा रहेका छन् । जस मध्य सामाजिक संजालमा अत्याधिक चर्चामा रहेको गीत हो ुमेरो ह्को छम्माु । यस गीतको प्रशंसक र आलोचक प्रसस्तै देखिएपनि उनका फ्यानहरुले भने उनको यो गीतमाथी हजारौं टिकटक र टिका टिप्पणी गर्दै आएका छन् ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">