US Khabar
  • मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्‍वास प्रस्ताव पेस 

    - Admin | १ हप्ता पहिले प्रकाशित

    मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्‍वास प्रस्ताव पेस 

    प्रदेश १ को प्रदेशसभामा सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । आज भएको प्रदेशसभा बैठकमा प्रचण्ड माधव पक्षका सांसद ईन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईका विरुद्ध अविश्‍वास प्रस्ताव पेस गरेका हुन् ।

    ओली समूहका सांसदहरूबिनै शुरू भएको बैठक फागुन २० गतेसम्मलाई स्थगित गरिएको छ ।

    प्रस्ताव टेबलपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरी फागुन २० गते अर्काे बैठक बस्ने जानकारी दिएका छन् ।

    मुख्यमन्त्री राईले सूचना टाँसेर बैठक स्थगित गर्न सभामुख भण्डारीलाई दबाब दिएका थिए ।

    सभामुख भण्डारीले प्रक्रियाअनुसार अविश्वासको प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूची तय भइसकेको जनाउँदै सधै बैठक रोक्न नमिल्ने बताएका थिए ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">