US Khabar
  • अमेरिकामा एकै दिन २३ सयको मृत्यु: मृतकको संख्या २५ हजारको हाराहारीमा

    - Admin | २ वर्ष पहिले प्रकाशित

    अमेरिकामा एकै दिन २३ सयको मृत्यु:  मृतकको संख्या २५ हजारको हाराहारीमा

    कोरोना भाइरसका कारण  अमेरिकामा एकैदिन थप २ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ । यो संगै त्यहां कोरानाका कारण मृत्यु हुनेको संख्या २४ हजार ८ सय ४ पुगेको छ भने ६ लाख ११ हजार ७ सय ४५ जना संक्रमित छन् ।

    यस्तै स्पेनमा १ लाख ७४ हजार ६० जना संक्रमित हुँदा १८ हजार २ सय ५५ जनाको मृत्यु भएको छ भने बेलायतमा ९३ हजार ८ सय ७३ जना संक्रमित छन् भने १२ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।

    फ्रान्समा १ लाख ४३ हजार ३ सय ३ जना संक्रमित हुँदा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ३२ हजार २ सय १० जना संक्रमित भएका छन् । मृतकको संख्या ३ हजार ४ सय ९५ पुगेको छ ।

    इटालीमा संक्रमितको संख्या १ लाख ६२ हजार ४ सय ८८ पुगेको छ । त्यहाँ २१ हजार ६७ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी  भारतमा ११ हजार ४ सय ८७ जना संक्रमित हुँदा ३ सय ९३ जनाको मृत्यु भएको छ  भने पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ८ सय ३७ पुग्दा ९६ जनाको मृत्यु भएको छ ।(एजेन्सी)

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!