US Khabar
  • एनआरएनए अमेरिका निर्वाचन:उपाध्यक्ष पदमा पुर्णचन्द्र बानियाँको उमेद्वारी घोषणा

    - Admin | १ हप्ता पहिले प्रकाशित

    एनआरएनए अमेरिका निर्वाचन:उपाध्यक्ष पदमा पुर्णचन्द्र बानियाँको उमेद्वारी घोषणा

    गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिको नयाँ कार्यसमिती निर्वाचनका लागि उपाध्यक्ष पदमा पुर्णचन्द्र बानियाँले उमेद्वारी घोषणा गरेका छन् । क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष समेत रहेका बानियाँले आसन्न निर्वाचन (२०२१-०२३) का लागि उअध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।

    दोहोरो नागरिकता, अमेरिकी नेपाली समुदायबिचको एकता, एनआरएनएलाई सबैको साझा घर सम्झने वातावरणको सृजना लगायतका महत्वपूर्ण प्रतिवद्धता सहित उपाध्यक्ष पदमा बलियो दावेदारका रुपमा देखिएका बानियाँ शिक्षा, स्वास्थ्य लगायत सामाजिक सेवासंवद्ध क्षेत्रमा ब्यक्तीगत र संस्थागत रुपमा पनि सक्रिय छवि बनाएका ब्यक्ती पनि हुन् ।

    एनआरएनए प्रवासमा रहेका नेपालीहरुको बृहत साझा संस्थाका रुपमा स्थापित एनआरएनए राजनितिक र ब्यक्तीगत फाईदाका लागि प्रयोग गर्न मानविय नैतिकताले पनि नदिने भएकाले यसमा प्रवेश गर्ने र पदिय जिम्मेबारी लिन्छु भन्ने ब्यक्ती निस्वार्थ समाजिक पृष्ठभूमि र बैचारिक हुनुपर्ने तर्क सहित आएका बानियाँ पारदर्शी र समावेशी एनआरएनए अमेरिकाको परिकल्पना, आवाज र अठोट सहित चुनावी मैदानमा देखिन लागेका उमेद्वार हुन् ।

    एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष ,नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स), नेपाली जनसम्पर्क समिती अमेरिका लगायतमा आवद्ध अनुभव सहित आएका उनि क्यालिफोर्निया क्षेत्रमा रहेका नेपाली समुदायसंवद्ध संघ, संस्था र ब्यक्तीहरु माझ पनि प्रतिनिधित्वपूर्ण सक्रिय सामाजिक छवि भएका ब्यक्तीका रुपमा परिचित छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">