US Khabar
  • सुष्मा धमलाको अभिनयमा राजु परियार र बिष्णु माझीको ‘नदेउ मनमा चोट’ सार्वजनिक

    - Admin | १ हप्ता पहिले प्रकाशित

    सुष्मा धमलाको अभिनयमा राजु परियार र बिष्णु माझीको ‘नदेउ मनमा चोट’ सार्वजनिक

    तिम्रो नाम यो दिलको, यो साँझ, जाउ जाउ सानु, लगायतका गीतकी मोडल सुष्मा धमला अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक राजु परियार र गायिका बिष्णु माझीको स्वरमा रहेको नदेउ मनमा चोट’ गीत सुष्मा धमला र बाबुराम गदालको अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो ।

    यस गीतमा अभिनय गरेका मोडल बाबुराम स्वयंको शब्द तथा लय लय सृजना रहेको यस गीतमा समाजमा बिद्यमान जातिय बिभेदले निम्त्याएका मानसिक पिडा र त्यस त्यो बिभेद खेपिरहेका युवा युवतीले प्रेम समेत गर्न डराउनु पर्ने संरचनाको कारुणिकता र महत्वलाई देखाईएको छ ।

    निसान एसकेको निर्देशनमा निर्माण भएको भिडियोलाई दिपक गीरीले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

    पछिल्ला केही बर्ष यता नेपाली कलाकारिता क्षेत्रमा राम्रो संभावना बोकेर देखिएको अनुहार र नाम हो सुष्मा धमला । एक दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी उनले भद्रगोल, तितोपिरो र नगरी हुन्न टेली सिरियलमा अभिनय पनि गरेकी छन् । सुष्माले भर्खरै सार्वजनिक गीत नदेउ मनमा चोटबारे सामाजिक संजाल फेसबुकमा भनेकी छन् जातिय बिभेद विरुद्धको यो हाम्रो अभियानलाइ हजुरहरुले हेरेर साथ दिनु होला । हाम्रो यो सानो भिडियो मार्फत छुवाछुत तथा जातिय बिभेद बारे समाजको यथार्थ चित्रण गरिएको छ। जनचेतनामूलक यस गितलाइ ह्जुर हरुको साथ को खाँचो छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">