पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफु उपचारका लागि भारत पुगेर जनताको अवस्थाबारे बोलेका छन् ।
न्युरो-इन्डोक्राइन ट्युमरको आशंकामा चिकित्सको सल्लाले दिल्ली गएका उनले आफ्नो ट्टुटरमा टुटिट गर्दै आफु यस हैसियतमा रहँदा त उपचारका लागि भारत जानु पर्यो भने सामान्य नागरिक यहि प्रकारको बिरामी परे कस्तो अवस्था सृजना होला भन्ने सोचेर आफु दुखी र लज्जीत दुवै भएको बताएका छन् । उनको लज्जाको आसय जनताको यो अवस्थामा चाहेर पनि मैले केही गर्न सकेको छैन भन्ने देखिन्छ ।
उनले भनेका छन् ‘नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिॅदै गर्दा आफू लज्जितरदुस्खित भए छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु १ सामान्य नागरिकको के होला रु’
लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित भट्टराई आइतबार नेपाल वायुसेवाको विमानबाट दिल्ली गएका हुन् । दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजे भर्ना भएका उनको साथमा पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका छन् ।
काठमाडौंको निदान अस्पतालमा लामो समयदेखि परीक्षण तथा उपचार गराउँदै आएका भट्टराईलाई चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली गएका हुन्।
प्रतिक्रिया