US Khabar
  • कोभिडबाट ज्यान गुमाउने ५ लाखबढी नागरिकको सम्झनामा अमेरिकाले ५ दिन राष्ट्रिय झण्डा झुकाउँदै

    - Admin | १ हप्ता पहिले प्रकाशित

    कोभिडबाट ज्यान गुमाउने ५ लाखबढी नागरिकको सम्झनामा अमेरिकाले ५ दिन राष्ट्रिय झण्डा झुकाउँदै

    अमेरिकामा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको सम्झनामा पाँच दिन राष्ट्रिय झण्डा आधा झुकाउन भएको छ । अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले ५ लाख भन्दा बढीको ज्यान जानेगरी फैलिएको यस पेण्डामिकबाट ज्यान गुमाउने बिभिन्न समुहका अमेरिकाबासीहरुको सम्झना र सम्मानमा ५ दिन राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका हुन् ।

    वर्ल्ड ओ मिटरकाअनुसार हाल सम्म कोरोनाका कारण ५ लाख १२ हजार ५ सय ९० जनाको ज्यान गएको यो घटना अमेरिकी ईतिहासकै सबै भन्दा दुखद मानविय क्षती भएको यस घटनाबारे बोल्दै राष्ट्रपति बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा ज्यान गुमाउने अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु अत्यन्त दुस्खद भएको बताएका छन् ।

    बिपदको रुप भयानक हुने तर आयु लामो नहुने आसय सहित उनले यस माहामारीको अन्त्य निश्चिित भएकाले कुनै पनि अवस्थामा आत्मवल कमजोर नवनाउन र शुरक्षित र सचेत शैलीमा खानपान र जीवनशैली अपनाउन पनि आग्रह गरेका छन् ।

    राष्ट्रपति जो बाइडेनले ह्वाइटहाउसबाट गरेको यस सम्बोधनपछि ज्यान गुमाएकाहरुको सम्झनामा मौन धारण गरिएको थियो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">