US Khabar
  • अन्तत: बिघटित प्रतिनिधिसभा पुर्नस्थापना – १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश

    - Admin | १ हप्ता पहिले प्रकाशित

    अन्तत: बिघटित प्रतिनिधिसभा पुर्नस्थापना – १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश

    अन्तत बिघटित प्रतिनिधिसभा पुर्नस्थापना भएको छ । । मंगलबार साँझ संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउँदै संसद विघटनको निर्णय बदर गरेको हो ।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला सुनाउँदै सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिईन् । संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्री ओलीको यस कदम बिरुद्ध प्रचण्ड र माधव नेपाल पक्षधरसंगै स्वयं केपी ओली पक्षधरले समेत बिरोध जनाएका थिए ।

    नेपाली राजनितिक ईतिहासमा अत्यन्त आलोचना खेपेको यस निर्णय बिरुद कवि, कलाकार देखी बिभिन्न क्षेत्रका बौद्धिक बर्गबाट समेत असन्तुष्टी ब्यक्त हुँदै आएको थियो । प्रतिनिधि सभा पुर्नस्थापनाको समाचार बाहिरिएसंगै धेरैले खुसी ब्यक्त गरेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">