US Khabar
  • मेजर पोष्टको तयारी गर्दै पदम ठकुराठी – सन्दर्भ : एनआरएनए निर्बाचन अमेरिका

    - Admin | २ महिना पहिले प्रकाशित

    मेजर पोष्टको तयारी गर्दै पदम ठकुराठी –  सन्दर्भ : एनआरएनए निर्बाचन अमेरिका

    अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनका लागी टेक्सासको अष्टिन निवासी पदम ठकुराठीले मेजर पोष्टका लागी तयारी गरिरहेको बताउनुभएको छ ।

    बर्तमान (२०१९/२०२१) समितीमा बोर्ड अफ डाइरेक्टर रहेका ठकुराठीले आगामी कार्यकाल (२०२१/२०२३) का लागी कुनै पनि मेजर पोष्टमा उम्मेद्वारी दिन लागेको बताउनुभएको हो । उहांले बोर्ड अफ डाइरेक्टरमा बिजयी बनाउदा मतदाताहरुले दिएको साथ आगामी निर्वाचनमा समेत पाइने आशा सहित मेजर पोष्टको तयारी गरिरहेको र सबै संगको छलफल पछी कुन पोष्टमा उम्मेद्वारी दिने भन्ने फाइनल हुँने उहांले बताउनुभयो ।

    अष्टिनमा रहेर व्यवसाय र समाजसेवामा सक्रिय ठकुराठीले एनआरएन अमेरिका सबैभन्दा ठलो एनसीसी बनेकोमा गौरब महसुस गर्दै सम्पूर्ण मतदाहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । ग्रेटर अस्टिन नेपाली सोसाइटी लगाएतका स्थानिय संघ संस्था र नेपालमा रहदा पनि बिभिन्न परोपकारी काम गरिसकेका ठकुराठीलाई अमेरिकाका बिभिम्न राज्यमा रहेका शुभचिन्तक र साथी भाईहरुले सहयोग गर्ने बाचा गरिसकेको बताउनु भयो ! अस्टिनमा नेपाली समुदायिक भवन खोज्ने काम देखी कोरोना कहरका बेला नेपालको सुदुरपस्चिम क्षेत्रका जनताका लागि पिसिआर टेस्ट मेसिन खरिद गर्न आर्थिक सहयोग गरेका निस्वार्थ सहयोगि मनका धनि ठकुराठीले अब गैर आवासीय नेपालीहरुका बिभिन्न मद्धाहरुलाई उठाउने र समाधानका लागी पहल गर्ने उद्देश्य सहित आगामी कार्यकालमा कुनै एक मेजर पोष्टमा उम्मेद्वारी दिन लागेको बताउनुभयो ।

    समाजसेवा लिनका लागी नभई दिनका लागी भएको र आफु भित्रको समाजसेवाको चाहनालाई पुरा गर्न पनि आफ्नो उम्मेदवारी रहने र सबैको साथ र सर्पोट रहनेमा बिश्वस्थ रहेको उहांले बताउनुभयो । अहिले सबै संग छलफलका क्रममा रहेकोले केही दिन पछि आफ्नो आधिकारीक उम्मेद्वारी घोषणा गर्ने ठकुराठीले बताउनुभयो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!