US Khabar
  • संसद पुर्नस्थापना प्रशंसनिय र स्वागतयोग्य भन्दै प्रवासी नेपाली एकता मन्च अमेरिकाद्वारा खुशी ब्यक्त

    - Admin | २ महिना पहिले प्रकाशित

    संसद पुर्नस्थापना प्रशंसनिय र स्वागतयोग्य भन्दै प्रवासी नेपाली एकता मन्च अमेरिकाद्वारा खुशी ब्यक्त

    प्रवासी नेपाली एकता मन्च अमेरिकाले नेपालमा भएको संसद पुर्नस्थापनाप्रति खुसी ब्यक्त गरेको छ । मन्चले हरेक हिसाबले गलत र प्रतिसोधी नियतले गरिएको संसद बिघटन सर्बोच्च अदालतद्वारा पुर्नस्थापना हुनु अत्यन्त प्रशंसनिय र स्वागतयोग्य काम भएको भन्दै खुसी ब्यक्त गरेको हो ।

    यस बिषयमा प्रवासी नेपाली एकता मन्च अमेरिकाले जारी गरेको बिज्ञप्तीमा उल्लेख भए अनुसार सर्बोच्चको यस निर्णयले संबिधान माथिको प्रहार र गलत व्याख्यालाई जोगाउनुका साथै बिधी र सत्य स्थापित भएको छ । मन्चले मातृभूमी नेपालको हरेक शुख दुःख, न्याय, राष्ट्रियता र भौगोलिक अखन्डता जस्ता बिषयमाहरु सधैं सकृय भूमिका निर्भाहा गर्दै आएको र पछील्लो परिघट्ना प्रधानमन्त्रीको असंबैधानिक अलोकतान्त्रिक र देश र जनताको अहितमा चालिएको कदमको बिरुद्द पनि बिभिन्न संघ संस्था र मातृभूमी प्रेमी नेपाली नागरिक समाजको सहकार्य र समन्वयमा ब्यापक आबाज बुलन्द गरेको बिज्ञप्तीमा उल्लेख छ ।

    मंगलबार साँझ बिघटित प्रतिनिधिसभा पुर्नस्थापना भएको छ । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाउँदै संसद विघटनको निर्णय बदर गरे पछि बिघटित संसद पुर्नस्थापना भएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला सुनाउँदै सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिईन् ।

    यस्तो छ संसद पुर्नस्थापना बिषयमा प्रवासी एकता मन्च अमेरिकाले जारी गरेको विज्ञप्तीको पूर्णपाठ

    आदरणीय आमाबुवा दाजुभाइ तथा दिदिबहिनीहरु नेपालमा हरेक हिसाबले गलत र प्रतिसोधी नियतले गरिएको संसद बिघटन सर्बोच्च अदालत द्वारा पुनर्स्थापना भएकोमा हार्दिक स्वागत तथा खुशी प्रकट गर्दै न्यायालय प्रती धन्यवाद ब्यक्त गर्दछौं । यो निर्णयले संबिधान माथिको प्रहार र गलत व्याख्यालाई पनि सर्बोच्च अदालतले जोगाएको छ । बिधी र सत्य स्थापित भएको छ । यस मानेमा यो सम्पूर्ण बिबेकशिल न्यायप्रेमी नेपाली जनमानसको लागि खुशीको कुरा हो । फेरी पनि देश जुन राजनीतिक स्थायित्व र सम्ब्रिद्दी तर्फ रफतार लिनु पर्थ्यो त्यसमा गतिरोध उत्पन्न भएकोछ अझै पनि चुनौतीहरु केही बाँकी छन भने केही चुनौतीहरु थपिएका छन । नेकपाले देश र जनता प्रती गरेका बाचाहरु र घोषणाहरुमा गम्भिर प्रश्न खडा भएको छ । अब ति सबै चुनौतीहरुलाई देश र जनताको हितमा बिधिसम्बत तरिकाले समाधान गर्नु पर्दछ ।

    प्रवासी नेपाली एकता मन्च अमेरिका आफ्नो मातृभूमी नेपालको हरेक शुख दु:ख, न्याय, राष्ट्रियता र भौगोलिक अखन्डता जस्ता बिषयमाहरु सधैं सकृय भूमिका निर्भाहा गर्दै आएकोमा यो पछील्लो परिघट्ना प्रधानमन्त्रीको असंबैधानिक अलोकतान्त्रिक र देश र जनताको अहितमा चालिएको कदमको बिरुद्द पनि बिभिन्न संघ संस्था र मातृभूमी प्रेमी नेपाली नागरिक समाजको सहकार्य र समन्वयमा ब्यापक आबाज बुलन्द गरेको थियो । यसको लागि हामी सबै सम्मिलित सामाजिक संघ संस्थाहरु मातृभूमी प्रेमी बौद्धिक नागरिक समाज तथा पत्रकार साथीहरु प्रती धन्यवाद तथा अभार ब्यक्त गर्दछौ । अहिले सारा स्वदेश तथा बिदेशमा बस्ने न्यायप्रेमी नेपाली जनताहरु न्यायालय लाई धन्यवाद दिदै खुशी मनाइरहेका छन ! प्रवासी नेपाली एकता मन्च अमेरिका प्रतिगमन बिरुद्दको आन्दोलनमा साथ र सहयोग गर्ने नेपाल स्थित सम्पूर्ण न्यायमुर्तीहरु संघ संस्थाहरु राजनीतिक पार्टीहरु तथा सम्पूर्ण नेपाली नागरिक समाज प्रती पनि हार्दिक आभार तथा धन्यवाद गर्दछ साथै ट्र्याक बाहिर जान लागेको नेपाली राजनीतिलाई सहि दिशा निर्देश गर्दै राजनीतिक स्थायित्व र सम्ब्रिद्दीको यात्रा मा अगि बडोस भन्ने सदिक्षा प्रकट गर्दछ ।

    शंकर पन्त महासचिब,

    प्रवासी नेपाली एकता मन्च अमेरिका

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!