गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका बर्तमान बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे यस पटकको निर्वाचनमा अध्यक्षका पदका लागि चुनावी मैदानमा देखिने भएका छन् । यस अघिकै निर्वाचनमा अध्यक्ष पदका बलिया दावेदार मानिएका डा. बन्जाडे यस पटक बरिष्ठ उपाध्यक्ष पदको अनुभव सहित पुन एनआरएनए अमेरिकाको नेतृत्व लिन तयार भएका हुन् ।
अघिल्लो निर्वाचन (२०१९-०२१) का लागि अन्तिम समयमा आएर अध्यक्ष पदका आफ्ना प्रतिश्पर्धी सुनिल शाहलाई समर्थन गर्दै बरिष्ठ उपाध्यक्ष पदको जिम्मेबारी सम्हालेका डा. बन्जाडे टेक्सस क्षेत्रमा नेपाली समुदायबिच सामाजिक पृष्ठभूमि र छवि बोकेका ब्यक्ती हुन् । बौद्धिक र सालिन ब्यक्तीक्त भएका उनि लामो समयदेखी एनआरएनमा क्रियाशिल रहेकाले पनि अनुभवी र बलियो उमेद्वारका रुपमा उनलाई हेर्ने गरेको पाईन्छ ।
यस पटकको निर्वाचनमा अध्यक्ष पदका लागि सेवाभावको संन्धर्वलाई उनले अघि सारेका छन् । उनले स्पष्ट चुनावी घोषणा सार्वजनिक नगरी आफु अध्यक्ष पदमा रहेर अमेरिकाबासी नेपालीको सेवा गर्न आफु ईच्छुक र तयार रहनुको आसय उनि नेपाली समुदायको सुझाव र सुझाव र चाहना अनुरुप यस उमेद्वारीको प्रकियामा अघि बढ्न चाहन्छन् भन्ने पनि बुझिन्छ । जे होस् डा. बन्जाडेको यो पटकको उमेद्वारी अघिल्लो निर्वाचनमा झैं अन्तिम चरणमा गएर फिर्ता हुने संभावना यो पटक भने छैन । अघिल्लो निर्वाचनमा उनले सुनिल शाहलाई यस कारण पनि समर्थन गरेका थिए कि शाह र बन्जाडे दुवै टेक्सस राज्यबाट थिए । एकै स्थानबाट एउटै पदका लागि प्रतिष्पर्धामा उत्रनुले सेवासेवा भन्दा पदिय मोह जस्तो देखिन आउने र यसले पनि नेपाली एकतामाथी प्रश्न उठ्न सक्ने तर्कका साथ शाहलाई नेतृत्वमा पुर्याउन सहयोग गरेका उनिसंग यो पटक कस कसले चुनावी प्रतिस्पर्धा गर्ने छन् त्यो भने हेर्न बाँकी नै छ ।
यतिबेला एनआरएनए अमेरिकाको नयाँ कार्य समिती निर्वाचनको सदस्यता बितरण तथा नविकरण प्रकृया पुरा भएसंगै चुनावी माहौल पनि बिस्तारै तात्न थालेको छ । कतिका ब्यक्तीगत स्ट्याटस त कतिपयका उमेद्वारी घोषणा पोष्टर सार्वजनिक भै रहेको समयमा क्यालिफोर्निया च्याप्टरबाट उमेद्वारीका लागि प्यानल समेत तयार भै सकेको सुचना प्राप्त भएको छ ।
कोभिड १९ का कारण ५ लाख बढीले ज्यान गुमाएको अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था एनआरएनए अमेरिकाले सन्त्रासको माहौल बिस्तारै कम हुँदै गएको र मानिसहरु पुरानै जीवनशैलीमा फर्किरहेको समयलाई ध्यानमा राखी निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ आन्तरिक तयारी थालेको छ । जस अनुरुप गत फेब्रुअरी १५ सम्म संघले सदस्यता बितरणको कामलाई प्राथमिकता दिएको थियो ।
प्रतिक्रिया