US Khabar
  • विश्वविख्यात अमेरिकी कवि लरेन्स फर्लिङ्गेटीको १०२ बर्षको उमेरमा निधन

    - Admin | २ महिना पहिले प्रकाशित

    विश्वविख्यात अमेरिकी कवि लरेन्स फर्लिङ्गेटीको १०२ बर्षको उमेरमा निधन

    विश्वविख्यात अमेरिकी कवि लरेन्स फर्लिङ्गेटीको निधन भएको छ । कवि, अनुवादक, चित्रकार, नाट्यकार लगायतका साहित्यका बिबिध बिधामा उत्तीकै सशक्त फर्लिङ्गेटीको १०२ बर्षको उमेरमा निधन भएको हो ।

    पिकचर्स अफ द गौन वर्लड, दि सिक्रेट मिनिंग अफ थिंग्स, लव इज नो स्टोन अन द मुन, अनफेयर आर्गुमेन्टस, पोएट्रि ऐज इनसरजेन्ट आर्ट लगायतका दर्जनौं पुस्तक लेखेका उनका कृतिहरु सा् १९५५ देखी २००७ सम्म लगातार प्रकाशित भएको देखिन्छ ।

    दिर्ग जीवन बाँचेका कवि फर्लिङ्गेटको जन्म सन् १९१९ मार्च २४ का दिन अमेरिकामा भएको थियो । सानैबाट लेखनकलामा निपुर्ण उनले ५० को दशकमा क्यालिफोनिर्यामा स्थापना गरेको सिटी लाईट्स बुक्स नामक प्रकाशन संस्था अमेरिकी ईतिहासको अत्यन्त महत्वपूर्ण मध्यको एक काम हो ।

    सताव्दी लामो जीवन बाँचेका उनी ५० को दशकबाट निरन्तर लेखनमा सक्रिय लेखक हुन् उनका पिकचर्स अफ दि गौन वर्लड (१९५५),ए कोनि आइलन्ड अफ द माइन्ड(१९५८), टेनटेटिव डेसक्रिपशन अफ ए डिनर गिभन टु प्रोमोट द इमपिचमेन्ट अफ प्रेसिडेन्ट आइजनहावर (१९५८) हर (१९६०), वन थाउजन्ड फियरफुल वर्डस फार फिदेल कास्त्रो (१९६१),स्टारटिंग फ्राम सन फ्रानसिसको(१९६१), जर्नल फार दि प्रोटेकशन ऑफ आल बियिंगस (१९६१०, अनफेयर आर्गुमेन्टस (१९६३०, रुटिन (१९६४), टु स्कैवेन्जरस इन ए ट्रक (१९६८), आन द बैरकस (१९६८), टिरेनस निक्स (१९६९), द सिक्रेट मिनिंग ऑफ थिंगस (१९७०), द मेक्सिकन नाइट (१९७०), बैक रोडस टु फार टाउनस आफटर बाशो (१९७०), लव इज नो स्टोन आन द मुन (१९७१), ओपन आइ, ओपन हार्ट(१९७३), हु आर वि नाउ (१९७६), नार्थवेस्ट इकोलोजि (१९७८), लैन्डस्केपस अफ लिविंग एन्ड डाइंग (१९८०), ओवर आल द औबसीन बौन्डरीज (१९८६) , लव इन द डेज ऑफ रेज (१९८८), ए बुद्धा इन द वुडपाइल( १९९३०, दिज आर माइ रिवरस (१९९३), ए फार रौकवे ऑफ द ह्रर्ट (१९९८), हाउ टु पैन्ट सनलाइट (२००१), सनफ्रान्सिसको पोएमस ९२००१०, लाइफ स्टडिज (२००३), अमेरिकस (२००४) पोएट्रि ऐज इनसरजेन्ट आर्ट (२००७) लगायतका चर्चित कृतिहरु प्रकाशित छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!