US Khabar
  • पुराना बाचा कशमको हिसाव किताव रोमान्टीक मिठासमा: गायक बद्री पंगेनीको बिर्सियौ सार्वजनिक

    - Admin | २ महिना पहिले प्रकाशित

    पुराना बाचा कशमको हिसाव किताव रोमान्टीक मिठासमा: गायक बद्री पंगेनीको बिर्सियौ सार्वजनिक

    नेपाली लोक गायनको क्षेत्रमा अत्यन्त लोकप्रिय गायक बद्री पंगेनीको नयाँ गीत सार्वजनिक भएको छ । गायक पंगेनी स्वयंको शब्द तथा संगीत रहेको ‘बिसियौ’ बोलको गीत गायक पंगेनी र गायिका मिलन नेवारको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।

    प्रेमपछिको दुरीलाई लिएर भएको एक अर्काप्रतिको गुनासो सन्धर्वलाई चित्रण गरिएको गीतमा गहिरो प्रेममा खाएका बाचा कसमको हिसाव कितावसंगै टाढा हुनु पर्दाको पिडा समावेश गरिएको छ । गीतको बलियो पक्ष के छ भने पुरा गीतमा प्रयोग शब्द प्रेम, विछोड, विश्वासघात लगायतका सन्धर्वमा भएपनि गीतमा प्रयोग संगीत र भिडियोमा चित्रित दृश्यलाई रोमान्टिक फ्लेवरमा प्रस्तुत गरिएको छ । जसले गर्दा गीत डान्सिगं बिटको बनेको छ । तसर्थ यो पिडा भन्दा घुर्कीका रुपमा दर्शकमाझ आएकाले पनि होला सार्वजनिक भए लगत्तै बाक्लो संख्यामा सकारात्कमक प्रतिकृया र भिवर्स सहित कमाईरहेको छ ।

    यस गीतमा रहेको कोरस गायनमा रेविना परियार, सुनितामी परियार, राजेश वर्देवा र तिलक बस्नेतको स्वर रहेको छ ।

    सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा सुनिल क्षेत्री र प्रिया अधिकारीको अभिनय रहेको छ । आकर्षक स्थलमा छायांकन गरिएको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!