US Khabar
  • टेक्सास च्याप्टर अध्यक्षमा सोफिन थापाले उम्मेदवारी दिदै

    - Admin | १ महिना पहिले प्रकाशित

    टेक्सास च्याप्टर अध्यक्षमा सोफिन थापाले उम्मेदवारी दिदै

    गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको टेक्सस क्षेत्रबाट उमेद्वारी सार्वजनिक भै रहेका छन् । नयाँ कार्यसमिती निर्वाचन (२०२१- ०२३) का लागि बिभिन्न पदहरुमा पोष्टर सहित उमेद्वारी घोषणा गरिरहेका उनिहरुमध्य कतिले आफ्ना मुख्य एजेण्डालाई पनि अघि सारेका छन् । बिस्तारै सुरु हुँदै गरेको यस चुनावी माहौलमा नयाँ नयाँ उमेद्वार थपिने र घट्ने क्रम आधिकारिक उमेद्वारी समय सिमा नसक्किने बेला सम्म चलिनै रहन्छ ।

    यसै बिच यस पटकको निर्वाचनमा टेक्सस च्याप्टरका बर्तमान सचिव सोफिन थापाको उमेद्वारी पनि यहाँबाट सञ्चालित नेपाली सञ्चार माध्ययम र नेपाली समुदायविच चासोको बिषय बनेको छ । बर्तमान कार्यसमितीमा सचिव पदको जिम्मेवारीमा निर्वाचित उनि अघिल्लो निर्वाचनबाट नै अध्यक्ष पदको संभावित उमेद्वारका रुपमा हेरिएका ब्यक्ती हुन् । स्पष्टता र नेतृत्व क्षमता दुवै भएका थापाको यस कार्यकालमा टेक्ससमा धेरै महत्वपूर्ण कार्यक्रमहरु भएका छन् । तर यस बिषयमा उनको धारण भने फरक छ उनि भन्छन् ‘एनआरएनए अमेरिकामा मेरो प्रवेश नै यहाँ रहेका नेपालीको समस्यामा साथी बनेर, दाजु-भाई बनेर, छोरा बनेर अथवा परिवारको सदस्य जसरी नै उनिहरुका समस्यामा सहभागी हुनु र कर्तब्य सम्झेर समाधान गर्नु थियो । म ब्यक्तीगत फाईदाको लागि भएको भए म सचिव पदको जिम्मेबारीमा रहँदा गरेका सबै कामको हिसाव किताव राख्थें तर मलाई त अझै धेरै गर्न सकिन्थ्यो गर्न पाईएन भन्ने नै लाग्छ । कोभिड १९ का समय एनआरएनए अमेरिकाका तर्फबाट हामीले सक्ने गर्यौं त्यो गर्नै पथ्र्यो, त्यसकै लागि एनआरएनए बनेको हो । तर यो महामारी नभैदिएको भए हामी नयाँ र फरक प्रकारका कार्यक्रम ल्याउन सक्थेउँ, नेपाली समुदाय र एनआरएनए अमेरिका प्रतक्ष्य जोडिन सक्थ्यो, हामी पनि नेपाली समुदायकै बिचमा पुगेर उनिहरुका समस्या सुन्न र हल गर्न सक्थेउँ आपसी छलफलमा । यद्यपी हामी फेरी पुरानै समयमा फर्कर्दै छौं यो पेण्डामिकले हामीलाई प्रवास र एकताको पाठ सिकाएको छ । यसलाई पनि सकारात्मक रुपमा नै बुझौं । अस्ती भर्खरै अमेरिकाका बिभिन्न राज्यमा हिमपात भयो । बिपतको आयु लामो हुँदैन तर कष्टकर हुन्छ यदि सेवाभाव नै छ साँच्चै मनमा भने त्यो कष्ट हामी सबैको साझा कष्ट, साझा दुखाई बन्नु पर्छ भन्ने मेरो ब्यक्तीगत बुझाई हो, चाहे म पदिय हैसियता हुँ या बाहिर ।’

    जे होस् थापाको ब्यक्तीगत स्वभाव र संस्थागत कुशल जिम्मेबारीलाई हेर्दा उनि अध्यक्ष पदमा देखिने संभावनालाई पनि नकार्न सकिदैंन । अध्यक्ष पदमा आफ्नो उमेद्वारी रहने नरहने बारे बोलि नसकेका भएपनि थापाले युएस खबरसंगको कुराकानीमा नेतृत्व आफ्नो ब्यक्तीगत रहरले लिन्छु भनेर लिने कुरा नभई ब्यक्तीले आजसम्म गरेका कामको पृष्टभुमीका आधारमा जनताले गर्ने विश्वास र दिने जिम्मेबारीले निर्धारण गर्ने बताएका छन् । उनको भनाईको आसयलाई हेर्दा उनि यतिबेला यस विषयलाई लिएर अझै पनि साथीभाई, नेपाली समुदाय र बौद्धिक बर्गसंगको राय र सुझाव संकलनमा छन् र सोही अनुसार उनको आधिकारिक उमेद्वारी घोषणा गर्ने तयारी हुनसक्ने देखिन्छ । जे होस् यस पटकको निर्वाचनमा टेक्सस च्यापटर अध्यक्षमा बलियो दावेदारका रुपमा सोफिन थापालाई पनि हेरिएको छ ।

    यतिबेला गैर आवासिय नेपाली संघ अन्तरगत बिभिन्न राज्यमा रहेका एनसीसी र जस अन्तरगतका च्याप्टर र क्षेत्रमा बिस्तारै चुनावी चहलपहल सुरु हुँदैछ । सबैभन्दा चर्चा र बलियो एनआरएनएका रुपमा रहेको एनआरएनए अमेरिकाको निर्वाचन तयारी पनि राम्रै गतीमा अघि बढिरहेको छ । फेबु्रअरी १५ सम्म सदस्या बितरण तथा नविकरणको कामलाई तिव्रता दिएको एनआरएनए अमेरिका अव भने चुनावी घोषणाको माहौलमा छ । संस्थाको आन्तरिक तयारीका सम्बन्धमा स्पष्ट धारणा नआईसकेको भएपनि एनसीसी र च्याप्टरमा रहेर काम गर्न चाहनेहरुले आफ्नो उमेद्वारी सामाजिक संचाल मार्फत घोषणा गर्दै आएका छन् । कतिपय च्याप्टरबाट ब्यक्तीगत उमेद्वारीको घोषणा भएको छ भने केही च्याप्टरमा उमेद्वारी प्यानल सहित सार्वजनिक हुने तयारीमा रहेको सुचना यूएस खबरलाई प्राप्त भएको छ ।

    जे होस् कोभिडबाट लामो समय गुज्रिएको अमेरिकाबासी नेपाली समुदाय र एनआरएनए अमेरिका सन्त्रासलाई शक्तीमा बदलेर बिस्तारै पुरानै दिनचर्या र कार्यतालिकामा फर्किदैं गरेको देखिन्छ । यो पनि सकारात्मक र महत्वपूर्ण कुरा हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!