US Khabar
  • महत्वपूर्ण प्रतिवद्धता सहित NRNA अमेरिकाको अध्यक्षमा बुद्धी सुवेदीको औपचारिक उमेद्वारी घोषणा

    - Admin | १ महिना पहिले प्रकाशित

    महत्वपूर्ण प्रतिवद्धता सहित NRNA अमेरिकाको अध्यक्षमा बुद्धी सुवेदीको औपचारिक उमेद्वारी घोषणा

    गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका उपाध्यक्ष बुद्धी सुवेदी आसन्न निर्वाचन (२०२१-२३) का लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । शनिवार विस्कन्सिनबाट बाट एक कार्यक्रमको आयोजना गरी सुवेदीले औपचारिक उमेद्वारी घोषणा गरेका हुन् ।

    लामो समय देखी अमेरिकामा रहेर एनआरएनए अमेरिकासंग आवद्ध सुवेदीले एप्पलटन विस्किन्सिनबाट आयोजना गरेको सो कार्यक्रम शनिवार अर्थात फेबु्रअरी २७ का दिन स्थानिय समय अनुसार बिहान १० बजे देखी ११ बजे सम्म आयोजना भएको थियो । औपचारिक उमेद्वारी घोषणा गरेका सुवेदीले आफ्ना महत्वपूर्ण प्रतिवद्धता सहित एनआरएनए संगका आफ्ना अनुभव र उपस्थित ब्यक्ती र संचारकर्मीबाट आएका प्रश्नको जवाफ दिएका थिए ।

    करिव २ दशक अघि अमेरिका आएका उनि सफल ब्यवसायि र सामाजिक क्रियाशिलता र बौद्धिक छविका कारण नेपाली समुदायबिच राम्रो परिचय स्थापित गरेका ब्यक्ती हुन् ।

    विस्कन्सिन च्याप्टर अध्यक्ष टुक प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न उमेद्वारी घोषणा कार्यक्रममा एनसीसी संस्थापक उपाध्यक्ष डा. श्याम कार्की, सल्लहककार तथा अभियन्ता लाल कार्कीले उमेद्वार सुवेदीको संक्षिप्त बायोग्राफी प्रस्तुत गरेका थिए भने एनसीसी अमेरिका बर्तमान उपाध्यक्ष सर्बज्ञ वाग्लेले उमेद्वार सुवेदीको उमेद्वारीलाई शुभकामना दिंदै उनका बारेमा कविता बाचन गरेका थिए भने अन्य उपस्थित ब्यक्तीहरुले उनको सफल बिजयी यात्रालाई शुभकामना दिएका थिए ।

    आमा मनमाया सुवेदी र पिता होमनाथ सुवेदी स्यांजामा जन्मिएर चितवन माडीमा हुर्किएका हुन् रमाईलो डाँडाबाट प्राथमिक शिक्षा सुरु गरेका सुवेदीले माडी मावीबाट एसएलसी गरेका हुन् भने आईएसी फरेस्टीबाट गरेका हुन् ।पिपल्स क्याक्पसबाट बि कम गरेका सुवेदीले , एमविए र एमएड त्रिभुवन विश्व बिद्यालय कृतिपुरबाट गरेका हुन् भने एलएलवि अध्ययन गर्दै गर्दा सन् २००३ मा उनि अमेरिका आए । स्कुले जिवनदेखी नै राजनितीक यात्रा सुरु गरेका सुवेदी २०५४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेजको तर्फबाट माडीमा अध्यक्षको उमेद्वारी र निर्वाचित भएपछि उनको राजनितीक र सामाजिक छवि अझ धेरै फराकिलो भएको थियो । जितपुर क्याक्पस, मिनभवन क्याम्पस देखी कालिकोटमा रहेको स्कुलमा समेत अध्यापन गराएका अनुभव संगालेका क्षेत्री अमेरिकामा रहेका नेपाली नयाँ पुस्ताको क्षमता अभिबृद्धीका लागि संधै क्रियाशिल ब्यक्तीमा रुपमा चिनिन्छन् ।

    ‘गतीशिल नेतृत्व, सामुहिक सहभागीता एनआरएनए अमेरिकाकाको संस्थागत बिकास मेरो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ उमेद्वारी घोषणा गरेका सुवेदीले एनआरएनए अमेरिका सुरु सुन नसकेका महत्वपूर्ण कार्यक्रमलाई समेत पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । सुवेदीले अमेरिका सरकारले प्रदान गर्दै आएको सहयोगका लागि पहल गरी संस्थालाई आफैं सफल चल्न सक्ने बातावरणको सृजना, नेपाली समुदायका लागि लगानिका लागि प्रोत्साहन, एनआरएनएलाई धनिहरुको मात्र संस्था भन्ने जन गुनासोलाई ध्यानमा राखी प्रभावकारी एनआरएनए फाउण्डेसनको स्थापना गरी उसको क्षमता अनुसारको जिम्मेबारी दिन ध्यान लक्षित रहने, नेपालमा साना देखी ठुला योजना लैजान, दोहोरो नागरिकता, अमेरिकामा जन्मिएका नयाँ पुस्ता र महिलालाई एनआरएनए सम्म जोड्ने, सामुदायिक केन्द्र निर्माण, नेपाली भाषा तथा संस्कृतिको संरक्षण, खेल, शिक्षा लगायतका क्षेत्रमा पहल, नेपाल जाँदा लाग्ने भिषा शुल्क निशुल्क गर्न नेपाल सरकार संग पहल, नेपाली समुदायको चापलाई हेरी बाणिज्य दुतावास स्थापनामा जोड, एनआरएनएसंग जोडिन नपाएका नेपाली बिद्यार्थी साथीहरुलाई जोड्न बिषेस संजाल, च्याप्टर अध्यक्षहरुको भेला गराएर उनिहरुका परामर्ष पनि लिने लगायतका प्रतिवद्धता ब्यक्त गरेका छन् ।

    कार्यक्रममा एनआरएनए अमेरिका संवद्ध, बिभिन्न बौद्धिक बर्ग र संचारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!