US Khabar
  • नेतृत्वमा महिला सहभागीताका लागि एनआरएनए अमेरिकाको महिला उपाध्यक्ष पदमा क्रान्ति अर्यालको उमेद्वारी घोषणा

    - Admin | १ महिना पहिले प्रकाशित

    नेतृत्वमा महिला सहभागीताका लागि एनआरएनए अमेरिकाको महिला उपाध्यक्ष पदमा क्रान्ति अर्यालको उमेद्वारी घोषणा

    गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचन (२०२१-०२३) का लागि महिला उपाध्यक्ष पदमा क्रान्ति अर्यालले आफ्नो उमेद्वारी घोषणा गरेकी छन् । दुई दशक देखी अमेरिकामा रहेर नेपाली समुदायबिच सामाजिक सक्रियताको परिचय बनाएकी अर्याल आसन्न निर्वाचिनका लागि महिला उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेकी हुन् ।

    चितवनमा जन्मिएकी क्रान्ति अर्यालको परिवार काठमाडौं आएपछि उनको बाल्यकाल र शिक्षा काठमाडौंबाट नै सुरु भएको हो । बैंकिगं क्षेत्रको पृष्ठभुमीबाट आएकी अर्याल Finincial Accounting , गीरिजाप्रसाद कोईराला फाउण्डेशनको केन्द्रिय सदस्य, सानफ्रान्सिको नेपाली महिला विश्वव्यापी संजाल आजिवन सदस्यमा रहेर काम गरेको अनुभव र यहाँ रहेका नेपाली समुदाय र त्यसमा पनि महिला बर्गको नजरमा परेको उनको सामाजिक सक्रियताका कारण नयाँ कार्यसमिती निर्वाचनका लागि महिला उपाध्यक्ष पदमा देखिंदै छन् ।

    युएस खबरलाई उनले बताए अनुसार उनको उमेद्वारीको उदेश्य एनआरएनए अमेरिका हामी सबैको साझा संस्था भएकाले महिलाले पनि पुरुष बराबर नै सहभागिता जनाउनु पर्छ भन्ने पनि हो र महिला उपाध्यक्ष जस्तो जिम्मेबार पद रोज्नुको कारण पनि जिम्मेबार पदमा नै महिला निर्वाचित भएर जान सके यहाँ रहेका नेपाली महिला, बालबालिका, बृद्धबृद्धा अथवा सबै बर्गका ब्यक्तीको समस्यालाई बुझ्न सक्छन् र त्यहि अनुसार समाधानको बाटो खुल्ने उनको बुझाई छ ।

    उनका अनुसार महिला धेरै प्रकारका अनुभवले पनि शक्तीशाली हुन्छ नै । त्यसैले एनआरएनए अमेरिका होस या अन्य देशका एनसीसी र आईसीसी मै पनि सबैको भावनालाई संबोधन गर्न सक्ने महिला नेतृत्वको आवश्यक छ ।

    तपाँईका यि प्रतिवद्धतालाई बिश्वास गर्ने आधार के छ भन्ने यूएस खबरको प्रश्नमा भनिन् ‘मेरो आफ्नो जिम्मेवारी प्रतिको लगाव नै मेरो आधार हो । आफ्नो कार्याधिकारभित्र रहेको होस् या ब्यक्तीगत रुपमै मबाट सुरु भएका कुनैपनि कामहरु अधुरो छोड्ने मेरो बानी छैन । मैले कामलाई संधै च्यालेन्जका रुपमा हेर्ने भएर पनि होला म आफ्नो जिम्मेवारीप्रति सधै सचेत रहन्छु । मेरो स्वभाव नै हरेक कामलाई प्रोफेशनल लेभलबाट सोचेर त्यसप्रति डेडिकेट हुनु हो ।’

    सबैको साथ र विश्वासले नै आफ्नो हार जीत निर्धारण गर्ने धारणा सहित अर्यालले चुनावी प्रकृयामा पराजित हुनुपरे छ भनेपनि आफुलाई विश्वास गरेर दिएका सबै मतको ईज्जत स्वरुप ब्यक्तीगत रुपमा नै पनि समाजसेवामा नै लाग्ने बताएकी उनले भनिन् जित र हार भनेको स्वाभाविक हो , म कुनै कुरामा भिड्दा हार्छु भनेर को नै अगाडी बढ्छ र ?  म हारमा निराश हुने मान्छे होइन। आशा छ सबै को सहयोग पाउने मा ढुक्क छु।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!