US Khabar
  • जनरा फरक-मिठास पुरानै: गायक अजर जंगमको ‘तिरिमीरी’ गीत भिडियो सहित लोकापर्ण

    - Admin | १ महिना पहिले प्रकाशित

    जनरा फरक-मिठास पुरानै: गायक अजर जंगमको ‘तिरिमीरी’ गीत भिडियो सहित लोकापर्ण

    गायक अजर जंगमको नयाँ गीत तिरिमीरी सार्वजनिक भएको छ । काठमाडौंको दरवारमार्ग स्थित किगं रिगं लाउन्जमा शुक्रबार पत्रकार सम्मेलन गरि गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।

    सुरच प्रसाईको शब्द तथा संगीत रहेको यस गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । टिनएज र युवा उमेरको प्रेमप्रतिको मनोभावलाई प्रस्तुत गरिएको यस गीतमाथी निर्माण भएको भिडियोमा श्रेया कार्की, दर्शन काजी र अजय श्रीरिषको अभिनय रहेको छ । स्टोरी वेसमा तयार पारिएको डान्सिगं विटको तिरिमिरी भिडियोको अन्त्यमा गायक अजरको छोटो अभिनयात्मक उपस्थिती पनि देख्न सकिन्छ ।

    मिम्वहो के श्रेष्ठको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोलाई भक्तपुर दरवार स्क्वायर परिषरमा छायांकन गरेको हो जसलाई विवेक खड्काले खिचेका हुन् । विक्रम स्वांरको कोरियोग्राफी रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

    सांगीतिक पारिवारिक पृष्ठभूमीबाट नेपाली सांगीतिक क्षेत्रमा अग्रजको पदचाप पछ्याउँदै आएका युवा गायक अजरको ६ बर्ष पहिले सार्वजनिक जिन्दगीले हिसाव माग्छ नेपाली सांगीतिक तथा गजल गायन बिधामा अत्यन्त लोकप्रिय गजल हो । बिभिन्न अवार्ड तथा सम्मानप्राप्त यस गजलपछि अजरका गीतहरु प्राय साहित्यकर्मीहरुको शब्दमा रहेको पाईन्छ । मलाई छोएर जानेहरु, तिमीलाई माया गर्न, जिन्दगीले हिसाव माग्छ, आज फेरी एकान्तमा, कुनै दिन, उसको सामु लगायतका दर्जनौं गीतहरुमा आवाज दिएका उनले आफ्ना धेरै गीतको म्यूजिक भिडियोमा आफैंले केन्द्रिय भुमिकामा रहेर अभिनय पनि गरेका छन् ।

    अजरका यस अघिका गीतहरु बिभिन्न भावमा रहेपनि उनि गजल र सुगम संगीतमा नै संगीतकर्मी र स्रोता-दर्शकमाझ आफ्नो छुट्टै परिचय स्थापित गर्न सफल गायक हुन् । नेपाली खेल क्षेत्रमा समेत एउटा उचाई हासिल गरेका अजर लामो समयदेखी अध्यापन क्षेत्रमा आवद्ध छन् । केही समय अघि मात्र उनि त्रिभुवन बिश्व बिध्यालयको उप-प्राध्यापक पदमा नियुक्त भएका छन् ।

    यस पटक सार्वजनिक अजरको तिरिमीरी गीतले उनको गायनको जनरा नै फेरिएको छ । हिजोआज ट्रेंडिंग प्याटनमा देखिएका गीतहरुको शैलीमा रहेको यस गीत मौलिक शब्दमा आधुनिक लयको फ्युजनले फरक मिठासमा बजारमा आएको छ । यो गीतले अजरलाई भर्सटाईल सिंगरका रुपमा प्रमाणित गरेको छ ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!