US Khabar
  • श्रद्धय केपी ओलीज्यु , ओलीका लागि हैन भोलीको लागि सोचिदिनुस !

    - Admin | ७ महिना पहिले प्रकाशित

    श्रद्धय केपी ओलीज्यु , ओलीका लागि हैन भोलीको लागि सोचिदिनुस !

    श्रद्धय नेता तथा सम्माननीय केपी ओलीज्यु
    हार्दिक अभिवादन ,
    यस पत्रको सुरुवात मै एउटा कुरा प्रष्ट पार्नु पर्छ मैले अन्यथा यहाँको नाम लिएर आफ्नो स्वार्थ, घमण्ड वा कुण्ठाको व्यापार गर्नेले “ ओह हो अस्तिसम्म विरोध गर्ने अहिले फेरी श्रद्धय भन्ने ” वा यस्तै यस्तै तुच्छ कमेन्ट गर्नेछन । त्यसैले यसको सुरुवातमै उल्लेख गर्छु कि पुष ५ गते यहाँले संसद विगठन गरेको कुरालाइ असंवैधानिक , अलोकतान्त्रिक भनेर विरोध गरेकै हुँ र म त्यसमा दृढ छु । अनि खासमा पछिल्लो पटक प्रधानमन्त्री भैसके पछि यहाँले पार्टीमा सहकर्मीहरुसंग सल्लाहमा चल्न नखोज्ने , बैठकहरु छल्न खोज्ने अनि एकांकी ढंगले हिडन खोज्ने जुन व्यवहार देखाउनु भयो त्यसले यहाँ प्रतिको बुझाइमै सवाल खडा गरेको विषयलाइ पनि दृढताको साथ उठान गरेकै हुँ । तर त्यति हुँदा हुँदै पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा यहाँको योगदान , नेपाललाइ शान्ती स्थापना मार्फत स्थायित्व तर्फ लान माधव नेपालको नेतृत्व गर्नु भएको एमालेको नेताको रुपमा यहाँले निर्वाह गर्नु भएको भूमिकाको म सम्मान गर्छु र यहाँको विगतको दृढता , निरन्तरको अडानको पक्षमा उभिने , त्यसको पक्षमा लेख्ने बोल्ने मात्रै नभएर जमेर वहस गर्ने थोरै मध्य एक थिएँ म भन्दा मलाइ ग्लानी पनि हुदैन । यहाँको समर्थन पनि बिना कुनै आग्रह पूर्वाग्रह गरिएको थियो भने यहाँले गर्नु भएको असंवैधानिक , अलोकतान्त्रिक संसद विगठनको विरोध पनि केवल मनको आवाज सुनेर मात्रै गरेको थिएँ , त्यसैले न विरोधमा न समर्थनमा पश्चाताप छ बरु यहाँको विगतको सम्झना गरेर यहाँ प्रति झिनो आशा अझै बाँकी छ । त्यही आशाको जगमा लेख्दै छु कि श्रद्धय नेता केपी ओलीज्यु फेरी एक पटक भूमिका खेल्नुस र नेकपाको एकता बचाउनुस । नेकपाको एकता बचाउन सक्दा यसले अनावश्यक संसदीय खेलहरुलाइ रोक्न सक्नेछ ,देशलाइ अस्थिर बनाउने देशी विदेशी प्रतिक्रियावादीहरुको खेललाइ ठहरावमा पुर्याउने छ । यसो भन्दै गर्दा यहाँलाइ लाग्ला “ मैले के गर्दा त्यसो हुन्सक्छ रु” अनि पार्टी भित्रको उकुसमुकुस हुँदै संसद विगठनको अलोकतान्त्रिक कदमसम्म पुग्दा देखिएको आपसी कडवाहटले सृजना गरेको आक्रोश र उत्तेजनाको कारण आइरहेका अभिव्यक्तिहरुले गर्दा यहाँ अनि कमिटिगत तहमा सर्वत्र वहुमत भएको मुल नेकपाका नेताहरुलाइ पनि अव एकता हुनै सक्दैन भन्ने पक्कै लाग्ने नै भयो । तर कुनै बेला हात मिलाउन समेत नचाहने पुष्पकमल दाहाल र केपी ओलीले पार्टी एक गराएको घटना देखेका हामीले अव पनि नेकपा मिल्न सक्छ भन्ने ठान्नु किमार्थ गलत छैन । आखिर होस पनि कसरि रु आलो पालो प्रधानमन्त्री हुने सहमति गर्ने मध्य एक पुष्पकमल दाहालले आफ्नै अध्यक्षतामा वैठक गरेर केपी ओलीलाइ पुरा कार्यकाल प्रधानमन्त्री हुन दिने निर्णय गरेको पनि तथ्य हो , अनेकन हल्लाहरुको विचमा भिम रावल , सुरेन्द्र पाण्डे , जनार्दन शर्मा जस्ता केपी ओली विरोधी भनेर चिनिएका नेकपा नेताहरु सम्मेलित कार्यदलले केपी ओलीलाइ प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै रहन दिने निर्णय गरेको पनि तथ्य हो । तसर्थ तथ्यमा हेरेर भन्दा केपी ओलीको विपक्षमा गएर पुष ५ अगाडी नेकपाले कुनै निर्णय लिएको छैन र थिएन । त्यसैले आफुलाइ सदैव माया र सम्मान गरेको , आफु समेत सामेल भएर बनाएको हुर्काएको नेकपालाइ गुण लगाउने पालो अव कमरेड केपी ओलीको हो । त्यसैले अव वहाँले इतिहासमा भएका घटनाहरु प्रति फर्केर माफी मागीराख्नु पर्दैन तर भविष्य तिर हेरेर केहि निर्णय लिने काम गर्नुपर्छ जसले नेकपाको एकता बच्ने , अस्थिरता रोकिने पक्का छ ।
    तसर्थ, श्रद्धय कमरेड केपी ओली अहिलेको राजनीतिक अन्योलता हटाउन निम्न काम गरिदिनुस जसले ओलीलाइ के गर्छ थाहाछैन तर भोलिलाइ सुनौलो बनाउनेछ स
    १। मूल नेकपाका अध्यक्षहरु माधव नेपाल र पुष्पकमल दाहाललाइ बोलाएर कानुनि , संवैधानिक कारणले गर्दा आजसम्म आफु पनि नेकपाको अध्यक्ष रहेको तथ्य स्मरण गर्दै मिलेर पार्टी केन्द्रिय कमिटिको वैठक बोलाउनुस । त्यस वैठकमा आफ्नो निर्णयको औचित्य र नियत प्रष्ट पार्नुस , अनि नया परिस्थितिमा मिलेर जान आफु तयार रहेको स्पष्ट पार्नुस ।
    २। त्यसपछि मिलेर नै संसदीय दलको वैठक बोलाउनुस र त्यस वैठकमा आफुले गरेको संसद विगठनलाइ सर्वोच्च अदालतले बदर गरेकोले नैतिकताको आधारमा राजिनामा दिने घोषणा गर्नुस र देशको आवश्यकता र चुनौतीलाइ ख्याल गरेर त्यसको सामना गर्न सक्ने नेतृत्व छनोटको आव्हान गर्नुस ।
    ३। पार्टी भित्रको एकतामा खलल पुग्दा कोहि कसैको मान भाउ नरहने सत्यको मनन सवैले मिलेर गर्न तयार हुनुपर्छ भन्ने सन्देश दिनुस ।
    यति तिनटा कुरा यहाँले गर्दा यहाँको नाम बेचेर देश भित्र र वाहिरबाट हण्डी खाने केहीको मन दुख्ला तर धेरैले त्यसको तारिफ गर्नेछन । आज यहाँको चर्को विरोधी देखिएका श्रद्धय नेताहरु देखि कार्यकर्तासम्मले यहाँलाइ धन्यवाद दिनेछन ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!