US Khabar
  • सबैलाई समेट्ने एनआरएनए निर्माणका लागि बोर्ड अफ डाईरेक्टरमा श्री कृष्ण गौतमको उमेद्वारी

    - Admin | १ महिना पहिले प्रकाशित

    सबैलाई समेट्ने एनआरएनए निर्माणका लागि बोर्ड अफ डाईरेक्टरमा श्री कृष्ण गौतमको उमेद्वारी

    गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचन २०२१ ०२३ का लागि श्री कृष्ण गौतमले उमेद्वारी घोषणा गरेका छन् । गौतमले नयाँ कार्यसमिती निर्वाचनका लागि एनसीसी बोर्ड अर्फ डाईरेक्टर पदमा आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।

    सबैको आवाज समेट्ने एनआरएनए निर्माणलाई मुख्य प्रतिवद्धताका रुपमा अघि सारेका गौतमको चुनावी तयारी केही समय अघि देखी नै देखिएको थियो । बिगत १६ बर्ष देखी अमेरिकामा रहेर यहाँ रहेका नेपाली समुदायसंग ब्यक्तीगत र सामाजिक रुपमा निकट रहेका गौतमले आफुले बिशुद्ध सामाजिक सेवा भावले यस पदमा उमेद्वारी दिन लागेकाले मतदाताका रुपमा रहेका सबैको सुझावले महत्वपूर्ण अर्थ राख्ने भन्दै आफ्नो उमेद्वारीप्रतिका सल्लाह र सुझाव नै निर्णयक धारणा हुने आसय ब्यक्त गरेका थिए । यसर्थ उनि अव भने यस निर्वाचन लक्षित छलफल र सुझावको आधारमा बोर्ड अफ डाईरेक्टर पदका लागि उमेद्वारका रुपमा चुनावी मैदानमा देखिने भएका छन् ।

    एनआरएनए जस्तो वृहत सामाजिक संस्थामा आवद्ध हुनसके अझबढी सेवाको दायरा बढाउन सकिने महसुस गरेर एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निवार्चनमा बोर्ड अर्फ डाईरेक्टर पदमा उमेद्वारी दिन लागेको बताउँदै आएका गौतमको यस उमेद्वारीको नतिजा त निर्वाचनले नै निर्धारण गर्ला तर उनले माथी बताए झैं साँच्चै नै उनि सेवाको भोकले नै एनआरएनए अमेरिकाको यस निर्वाचनमा सहभागिता जनाउँदैछन् भने यो सबैको लागि खुसिको कुरा हो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!