US Khabar
  • एनआरएनए अमेरिकाको सचिव पदमा टेक्ससका द्रोण गौतमको उमेद्वारी

    - Admin | १ महिना पहिले प्रकाशित

    एनआरएनए अमेरिकाको सचिव पदमा टेक्ससका द्रोण गौतमको उमेद्वारी

    गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचन (२०२१-०२३) का लागि द्रोण गौतमले उमेद्वारी घोषणा गरेका छन् । गौतमले नयाँ कार्यसमिती निर्वाचनका लागि एनसीसी सचिव पदमा आफ्नो उमेद्वारी सार्वजनिक गरेका हुन् ।

    झण्डै दुई दशक अघि अमेरिका आएका गौतम लामो समयदेखी टेक्ससलाई कर्मक्षेत्र बनाएर क्रियाशिल ब्यक्ती हुन् । टेक्सस च्याप्टर उपाध्यक्ष, स्वास्थ्य, धार्मिक, संस्कृति जस्ता क्षेत्रमा पहल र प्रतक्ष्य संलग्नताका आधारमा नेपाली समुदायमाझ असल र कुशल सामाजिक अभियन्ताका रुपमा परिचित छन् । उनि एनआरएनएसंग जोडिएपछिका पदयि र गैर पदिय दुवै हैसियतमा उत्तीकै सक्रिय छन् ।

    समाजसेवाको पृष्ठभुमी बोकेकै परिवारका छोरा भएकाले पनि उनलाई सानैबाट समाज र सामाजिक अवस्था र दाहित्व बुझ्ने मौका पनि मिल्यो सायद । उनको स्थायि घर गुल्मी जिल्ला हो । उनका बुवा उमाकान्त गौतम र आमा र मेनुका गौतमको समाजसेवाको संस्कारले उनि अमेरिकामा पनि यि र यस्तै अभियानमा जोडिदैं आएका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!