नेपालमा दिनहुँ जसो बाहिरिरहेका महिला तथा बालिका हिंसा र हत्याका घटनाप्रति जन सम्पर्क समिती अमेरिका केन्द्रिय महिला विभागले दुख ब्यक्त गरेको छ । बिभागले मातृभुमी नेपालमा श्रृंखलाबद्ध रुपमा भै रहेका अबोध बालिका र महिलामाथीका हिंस्रात्मक घटनाप्रति दुख ब्यक्त गर्दै यसै बिषयमा सम्बन्धित रहेर यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाउने तयारी गरेको हो ।
यस बिषयमा विभाग संयोजक गीता दवाडीद्वारा सार्वजनिक जानकारीमा उल्लेख भए अनुसार कोभिड १९ का कारण स्वास्थ्य सावधानी अपनाउँदै भर्जुअल माध्यमबाट हुन लागेको यस कार्यक्रम अन्तर्राष्ट्रिय महिला दिवस अर्थात मार्च ८ तारिकका दिन आयोजना हुने भएको हो ।
मातृभुमी नेपालका महिला तथा बालिकामाथी युगौंदेखि चलिआएको चरम विभेद एक्काइसौं शताव्दीमा पनि कायम रहनु र यसको परिणाम स्वरुप आज पनि एकपछि अर्को गर्दै महिला तथा अबोध बालिकाहरूमाथि श्रृंखलाबद्ध रूपमा हृदय विदारक घटनाहरू घट्नु अत्यन्त निन्दनिय र कारुणिक भएको भन्दै यस बिषयप्रति अमेरिकामा रहेका नेपालीहरु पनि गम्भिर हुनुपर्ने आवश्यकतालाई महशुष गरी जन सम्पर्क समिती अमेरिकाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवसका दिन यसै बिषयमाथी अन्तरकृया शैलीको छलफल गर्ने भएको हो ।
सोचनिय र संवेदनशिल बिषय भएकाले पनि बिभागले यस कार्यक्रममा सहभागीताका लागि सबैलाई अनुरोध पनि गरेको छ ।
कार्यक्रम मार्च ८ का दिन प्यासिफिक समय अनुसार अपरान्ह ४ बजे र न्यूयोर्क समय अनुसार साँझ ७ बजे सुरु हुने छ ।
प्रतिक्रिया