US Khabar
  • नेपालकै सर्वोच्च शिवमुर्ती(शिवलिंग) निर्माणार्थ ‘नमस्ते ब्याण्ड’द्वारा सहयोग: शिबरात्रीमा भब्य कन्सर्टको तयारी

    - Admin | १ महिना पहिले प्रकाशित

    नेपालकै सर्वोच्च शिवमुर्ती(शिवलिंग) निर्माणार्थ ‘नमस्ते ब्याण्ड’द्वारा सहयोग: शिबरात्रीमा भब्य कन्सर्टको तयारी

    पोखरा, ४ मार्च

    नमस्ते ब्याण्डले आफ्नो ३२औं बार्षिक उत्सवको उपलक्ष्यमा कास्की जिल्ला स्थित पुम्दीकोटमा बन्दै गरेको नेपालकै सबैभन्दा अग्लो निर्माणाधीन शिवमुर्ती (शिवलिंग) लाई आवश्यक सहयोग रकम हस्तान्तरण गरेको छ । नमस्ते ब्याण्डका भोकलिस्ट ईश्वर गुरूगंका आमा गुप्ति कुमारी गुरूग, ब्याण्ड मैनेजर शिवजी भट्टराई र नारायण भण्डारी तथा बालकृष्ण लिमीटेडका सीईओ बालकृष्ण गुरूगंले मार्च ४ तारिखका दिन मुर्ती निर्माण स्थलमा एक बिशेष कार्यक्रमका बिच पुम्दीकोट कोट बिकास समितीका अध्यक्ष श्री चन्द्रकान्त बराललाई उक्त रकम नगद दुईलाख पच्चीस हजार हस्तान्तरण गर्नुभएको थियो ।

    यो शिब रात्रीमा टोकियोमा गुन्जदैं नमस्ते
    नेपालको पहिलो तथा एैतिहासिक पृष्ठ भूमिभएको संगितीक ब्याण्ड नमस्ते ब्याण्डले आफ्नो ३२ औं बार्षिक उत्सव जापानको राजधानी टोकियोमा भव्यताका साथ मनाउने भएको छ । यही मार्च १४ तारीख़ को दिन टोकियोकै ठूलो नाईट क्लब (club warp) मा आफ्नो तेस्रो संस्करणको महाशिब रात्री वल्डं म्यूज़िक फेस्टीवल २०२१ ईन् टोकियो टाईटलको साथमा मनाउन गईरहेकाे ब्याण्डको संयोजक तथा भोकलिस्ट ईश्वर गुरूगंले बताउनु भयो ।

    यस कार्यक्रममा जापानको चर्चित ब्याण्ड पिस ज्वाईन्ट(पिजे), ईन्दगुरूगं, एअईओ शानो, कोनिता एण्ड गेटु, दिपेश एण्ड द बड्स, द भ्वाईस अफ नेपालबाट नकाउट राउंड प्रबेस गरेका कुमार गुरूगं (काले) र उनको ब्याड मर्करी, जापानकै चर्चित नेपाली रक सिगंर नबराज दावेन र उनको ब्याण्ड डे ड्रिमर, अजय एण्ड ओस्त्र ब्याण्ड, अम्बर गुरूगं र राष्ट्रीय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल जापानका कलाकारहरू समेतको प्रस्तुति रहने छ । नेपाल जापान सांस्कृतिक प्रतिष्ठान आयोजक रहेको यस कार्यक्रममा नमस्ते ब्याण्डको बिशेष र आकर्षक प्रस्तुती रहने जनाईएको छ ।

    सन् असीको दशकको उत्तरार्धमा जाउं हैं पोखरा, शान्ति शान्ति, चरिमर्यो सिसैको गोलिले जस्ता अजर अमर गितहरू तथा राष्ट्रीयता, संस्कार, संस्कृति झल्कने नेपाली सुमधुर धुनहरू(हिमालय फिलिगं, भोल १,२) रेकडं गरेर अन्तराष्ट्रीय स्तरमा नेपाली संगीत पहिचान गरी चिनाउनमा तत्कालीन समयमा नमस्ते ब्याण्डको ठूलो भुमिका रहेको थियो भने भिजिट नेपाल १९९८ को अवसरमा विश्वको अग्लो स्थान(कालापत्थर)मा वर्ल्ड हाईयेष्ट पिस कन्सर्ट गरेर गिनिज वर्ल्ड नोमिनेशन) नै रच्न व्याण्ड सफल भएको थियो , लगत्तै पर्यटन वर्ष १९९८ को अवसरमा नेपालमा नै पहिलो पटक ३० दिनमा २९ प्रमुख शहरहरुमा मेची-महाकाली सङ्गीत यात्रा सम्पन्न गरेको थियो ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!