गैर आवासिय नेपाली परिषद् (एनआरएनए) अमेरिकाको उत्तर पूर्व क्षेत्रको सपथ ग्रहणसंगै ‘अमेरिकी जनगणना—२०२०’ बिषयक अन्तरकृया सम्पन्न भएको छ । न्युयोर्क एनआरएनए कनेक्टिकट च्यापटरको आयोनामा नयाँ पदाधिकारीको सपथ ग्रहणसंगै जनगणना बिषयक अन्तरकृया सम्पन्न भएको हो ।

दुई चरणमा बिभाजित यस कार्यक्रमको पहिलो चरण अन्तरगत एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेको प्रमुख आतिथ्यतामा सम्पन्न अमेरिका उत्तर पूर्व क्षेत्रको सपथ ग्रहण कार्यक्रमको साभापतित्व यस क्षेत्रका उपाध्यक्ष तथा कार्यक्रमका बिषेश अतिथी वि आर लामाले गरेका थिए ।

उत्तर पूर्व क्षेत्रका सचिव एवं न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीद्वारा संचालित पहिलो चरणको सपथ ग्रहण कार्यक्रम अन्तरगत क्षेत्रिय संयोजक संजिव श्रेष्ठ, च्याप्टर कार्यसमिती सदस्य धनश्याम खड्का लगायतले सपथ ग्रहण गराईनुका साथै प्रमाणपत्र बितरण गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रम एनआरएनए कनेक्टिकट च्याप्टरका अध्यक्ष हरी प्रसाद जोसीको सभापतित्वमा सम्पन्न भएको थियो । जसमा ‘अमेरिकी जनगणना २०२०’को बारेमा बिभिन्न बक्ताहरुले आ-आफ्ना धारणा प्रस्तुत गर्नुका साथै अगामी जनगणना २०२० मा सहभागी हुन अनुरोध गरिएको थियो ।

एनआरएनए एनसीसी अमेरिकाका कार्य समिती सदस्य खेम बिक्रम भट्टराई, एनआरएनएए एनसीसी अमेरिकाका युथ कोडिनेटर बिनोद रुवाली, सल्लाहाकार संजय थापा, सतेन्द्र शाह, न्युह्याम्सार च्याप्टरका अध्यक्ष डम्बर कडरिया, बोस्टन च्याप्टर अध्यक्ष प्रेम लामा, न्युजर्सी च्याप्टर अध्यक्ष समर बुढाथोकी लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रमुखको बाक्लो उपस्थिती रहेको कार्यक्रममा नेपाली समाज कनेक्टिकटका अध्यक्ष जितेन्द्र बस्नेत, हाडफोड लगायन्स क्लव अध्यक्ष माधव आत्रेह लगायतले बिभिन्न स्थानयि संघ संस्थाका प्रमुखले ‘अमेरिकी जनगणना २०२०’ मा सहभागी भै यस अभियानलाई सफल बनाउन सबैमा अनुरोध गर्नुका साथै आफ्ना मन्तब्य राखेका थिए ।

च्याप्टर सचिव केपी भट्टद्वारा संचालित दोस्रो चरणको कार्यक्रममा च्याप्टरका तर्फवाट हरी प्रसाद जोसीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै जनामा धन्यवाद ज्ञापन गरेका थिए ।

 

Comments

comments