गीतकार लोकराजको शब्दमा ‘टाला टुली बाटुली’ चर्चामा (भिडियोसहित)

16

काठमाडौं । गीतकार लोकराज अधिकारीको शब्दमा रहेको ‘टाला टुली बाटुली बजारमा आएको छोटो समयमानै दर्शक श्रोताको अत्यधिक माया पाएको छ ।

गायक राजेन्द्र बुढाथोकीको आवाजमा रहेको ‘टाला टुली बाटुली’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । यस्तै गीतमा कलाकार सागर लम्साल ‘बले’ र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतलाई यो समाचार तयार पार्दासम्म ५ लाख बढिले हेरिसकेका छन् ।

गीतमा बचपनको माया र रमाईलो पलहरुको बारे आफ्नो प्रेमिकालाई याद दिलाएको मिठो भावलाई समेटिएको छ ।

अर्जुन तिवारीको छायांकन र शिलन लम्सालले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई टिएलएन मिडियाबाट सार्वजनिक गरिएको छ ।

Comments

comments