गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती अमेरिकाको विस्कन्सिस च्याप्टरले मनोनित दुई जना सदस्यलाई सपथ ग्रहण गराएको छ । एनआरएनए अमेरिका मध्यपश्चिम क्षेत्रका उपाध्यक्ष बुद्धी सुवेदीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरी स्कन्सिस च्याप्टरका मनोनित सदस्यहरु सरस्वती शर्मा र शम्भु लामिछानेलाई पद तथा गोपनियताको सपद ग्रहण गराईएको हो ।

च्याप्टरको पहिलो बैठकबाट मनोनित सदस्यद्वय शर्मा र लामिछानेलाई प्रमुख अतिथी सुवेदीले सपद ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा बोल्दै सुवेदीले मनोनित सदस्यहरुलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेका थिए भने च्याप्टर अध्यक्ष टुक रेग्मीले च्याप्टरले पाएको पूर्णताप्रति खुसी ब्यक्त गर्दै आ आफ्नो जिम्मेवारीमा डटेर लाग्नु पर्ने बताए ।

यस अघि विस्कन्सिन च्याप्टरका अध्यक्ष टुक रेग्मी, उपाध्यक्ष दिपक थापा, सचिव गोविन्द फुलारा, कोषध्यक्ष हरी अधिकारी र महिला संयोजक संगीता वाग्लेले सिकागोमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।

 

Comments

comments