नेपाली सांगीतिक क्षेत्रमा छोटो समयमा नै सफल म्युजिक भिडियो निर्माता र युटुव संचालकको छवि बनाएका मनोज बस्नेतको युटुव च्यानल 8K एभरेष्ट मोसनले नयाँ गीत सार्वजनिक गरेको छ । नायिका बर्षा रावत, गायक तथा मोडल आर्जन पाण्डे चर्चित ‘कार्टुन क्रिउ’ जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनयमा आज 8K  एभरेष्ट मोसनले ‘डलर’ बोलको गीत भिडियो सहित सार्वजनिक गरेको हो ।

नवराज कलाउनीको शब्द र गायक मिस्टर आरजे स्वयंको संगीत रहेको यस गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन् ।

मनोज बस्नेतको लगानीमा निर्माण भएको डलर गीतको भिडियोलाई चर्चित कोरियोग्राफर, कलाकार तथा निर्देशक गम्भिर बिष्टले निर्देशन गरेका हुन् । युवा पुस्ता लक्षित यस गीतको भिडियो आकर्षक बनेको छ । जसलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् ।

निर्माता मनोज बस्नेत र उनको युटुव च्यानल 8K एभरेष्ट मोसनबाट सार्वजनिक भएका प्राय सबै गीत चर्चामा छन् । युटुव ट्रेन्डिङको शिर्ष स्थानमा रहँदै अत्याधिक लोकप्रियता कमाएका ‘पिचरोड’, ‘घाममा सुकाईदेउ’, ‘घरबार’, ‘ओई भन्यो मायाले झ्यालबाट’, ‘भुन्टी’ लगायतका गीतहरु http://8K Everest Motion Pictures बाट सार्वजनिक गीतहरु हुन् ।

Comments

comments