” यी आँखाले ती आँखालाई हेरिरहन पाए हुन्थ्यो नछुटोस यी हात संधै यस्तै साथ पाए हुन्थ्यो “

गीतकार बिटु केसीको नयाँ गीत यि आँखाले सार्वजनिक भएको छ । हाल अमेरिकामा रहँदै आएकी गीतकार कसीको यो गीत अनिल शाहिको संगीत र किरण भुजेलको स्वरमा सार्वजनिक भएको हो ।

हिमालय खबरको युटुव च्यानल मार्फत सार्वजनिक यो गीतमाथी लिरिकल भिडियो बनेको छ । यस अघि बिटु केसीको, आधा मन, तिमीले बोले मात्रै र मायालुको बात गीत सार्वजनिक भै सकेका छन् ।

Comments

comments