गायक करसाङ शेर्पाको ‘दिल बस्यो’ सार्बजनिक(भिडियो सहित)

15

काठमाडौं । प्रेम दिवसको अवसर पारेर गायक करसाङ शेर्पाले स्रोता/दर्शकमाझ नयाँ गीत ‘दिल बस्यो’ लिएर आएका छन् । गणेश सुवेदीको शब्द, विक्रम थापाको सङ्गीत, विशन मानन्धरको एरेञ्ज, मिक्सिङ रहेको गीतको भिडियो करसङले स्रोता/दर्शकमाझ ल्याएका हुन् ।

जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा बर्षा शिवाकोटी र करसङ स्वयम् आफैँले अभिनय गरेका छन् । गीत जति राम्रो छ करसङकै कन्सेप्ट रहेको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । उनीहरुको अभिनय उत्कृष्ट रहेको छ ।

उत्सव दाहालको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ । गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो ।

सबैलाई लक्षित हुने गरी सरल तरिकाले गीतको भिडियो स्रोता/दर्शकमाझ पस्किएको छु र सबैको साथ सहयोग पाउनेमा आफू आशावादी छु’ करसङले भने ।

यो गीत करसाङले आफना भाई लामा टेण्डी शेर्पा जो नेपाल बास्केटबल सङ्घका अध्यक्ष छन् उनलाई समर्पित गरेका छन् । जो यतिवेला अस्पतालमा भर्ना हुनुहुन्छ ।

Comments

comments