बुवा भौगोलिक दुरीले टाढा भएपनि मनको दुरी नजिकै मानेर सात समुन्द्र पारीको देशबाट तपाँईकी कान्छि छोरी मानसिक रुपमा बिचलित छैन भन्ने जानकारी यहिँबाट दिलाउन खोज्दैछु । विश्वलाई नै सन्त्रासी बनाईरहेको कोरोना भाईरसले तपाँई हामिलाई कतिसम्म भयावह र विचलित बनाउने हो त्यो त जानकारी हुन नै सकेको छैन, त्यहि पनि बिछिप्द बनिईरहेको यो मनलाई सम्झाउन दुई शब्द तपाँई सामू पस्कने जमर्को गरेकी छु ।
यो अवस्थामा मात्र होईन बुवा, आफु जन्मे हुर्केको ठाउँ संगी साथी बच्पनदेखी भाँडाकुँडी र लुकामारी खेलेको ठाउँ, त्यो पानी पँधेरो, घाँस दाउरा गर्ने जंगलले हरेक दिन सपनीमा बाटो छेकिरहेको हुन्छ । त्यहि सपनाको साहाराले चित्त बुझाउँदै यो बिरानो मुलुकमा आफूलाई सम्हाल्ने कोशिष गरिरहेकी छु । आफन्ती साथी संगी र छिमेकीले भने होलान् कति निष्ठुरी, सपनाको देशमा पुगेर हामीलाई बिर्सी, हाम्रो फोन उठाउन पनि मुस्किल पर्छ भनेर तर तिनीहरुलाई कसरी पर्दाफास गरुँ ? यो रंगीन दुनियाको भूमरीले मान्छेलाई फँसाएको छ भनेर, यहाँको जालमा परेपछि गाह्रो छ उम्कन भनेर ।
प्रत्यक बर्ष रहरहरु साँच्दै जलाउँदै गर्ने गरेकी छु बुवा त्यो बनपाखा, साथीसंगी आफ्नो जन्मथलो सम्झेर । अझ एउटी बिवाहित नारीलाई आफ्नो जन्मथलो कति प्यारो हुन्छ भनेर बयान गर्नु पर्दैन होला । आज एउटा वास्तविक जीवनमा अनुभव गर्ने अवसर पाएकी छु । यहि अनुभवलाई नै सुखद र सकारात्मक रुपमा लिएर जीवनका पाईलाहरु अघि बढाईरहेकी छु । के गर्नु बुवा एउटी नारी भएर धर्तिमा पाईला टेकिसकेपछि बनेको घर भन्दा बनाउनुमा बढि फोकस गर्नुपर्दो रहेछ भन्ने सिकेकी छु । जोडिएका नाताहरु भन्दा बदलिएका सम्बन्धहरुलाई बाँध्नुपर्छ भन्ने सिकेकी छु ।
रगतको नाता केवल महशुषको मात्र हुँदो रहेछ भन्ने पनि यहि बिरानो मुलुकमा बसेर सोच्न बाध्य हुँदैछु । मान्छे सामाजिक प्राणी हो, उसलाई स्नेह र अपनत्वको जरुरत पर्छ भन्ने कुरा भ्रम रहेछ भन्ने पनि चाल पाएकी छु । माया उत्प्रेरणा, समस्याको सहनीकरण हो, केही गर्ने साहास हो भन्ने पनि एउटा भनाईमा मात्र सिमित रहेछ भन्ने बुझेकी छु ।
हो बुवा सात समुन्द्र पारी आएर मैले धेरै कुरा सिक्ने अवसर पाएँ, जुन तपाँईलाई बुझाएर साध्य छैन । त्यसको केही अंश मात्र लकडाउनले घरमा बस्दा लेख्ने अवसर जुटेर पस्केकी हुँ । तर बुवा यि सबै कुरा पस्किरहँदा यो नसम्झनु की तपाँईकी छोरी विदेशी भूमिमा विचलित र विछिप्द छ भनेर । यी मेरा सिकाई र अनुभवले नै हार के हो भन्ने अहिलेसम्म चिनाएको छैन । तपाँईका विश्वासहरुलाई अहिलेसम्म ढल्न दिएका छैनन् । कमजोरीहरुलाई पखाल्न सिकाएर बलवान् हुन सिकाएको छ । रहर मात्र गर्नु हुँदैन, त्यसको साथमा साहासको पनि आवश्यकता पर्छ भन्ने कुराको पनि राम्रो बोध हुन पाएको छ । धेरै सवालहरु जवाफको साथमा लिएर बस्न सिक्दैछु । समाधान छ र त समस्या हुन्छ भन्ने पूर्ण पाठ सिकेकी छु । आफ्नो जिन्दगी जीउन समाजको राय, संस्कार र मान्यताका नाउँमा बलि हुनुपर्ने होईन, आफ्नो खुशी र रुचिमा होमिनु उपयुक्त हुन्छ भन्ने पनि यो ठाउँले बोध गराएको छ ।
हो बुवा कतिपय निजी, ब्यक्तीगत कुराहरुलाई पन्छाएर नचाहँदा नचाहँदै पनि देश परिस्थिती अनुसार चल्न बाध्य हुनुपर्दो रहेछ । म त्यहि छोरी हुँ बुबा, जुन पोल्टाभरी तपाँईको माया बोकेर दिन रात बिताउने गर्दछु नकी देखाउन सकिरहेकी छैन । मलाई तपाँईको त्यहि न्यानो काखमा आफ्नो शिर वोल्ट्याएर राख्न मन छ । मायाका मुनाहरुले फेरी त्यहि कोखमा जरा गाड्न मन छ ।
बुवा आखिरमा जति सुख सयल र विलासिताका खानिहरु भएपनि मलाई तपाँईकै मायाको कमी महशुस भईरहन्छ । के गर्ने प्रकृतीको नियम नै फरक खालको रहेछ, चाहेर मात्र नहुने रहेछ । त्यसैले बुवा बिरानो ठाउँमा भक्कानिएको र त्रसित मन होईन तपाँईकी छोरी तपाँईको मायामा माया मिसाएर विश्वास, खुशी र चाहना पूरा गर्ने सपना बोकेर बसेकी छु ।
उहि तपाँईकी कान्छी छोरी सम्झना रेग्मी हाल टेक्सास
प्रतिक्रिया