US Khabar

चितवनको रत्ननगरमा हावाहुरी : सयौं गट्ठा जमिनमा लगाईएको मकै बाली नस्ट

- Admin | ३ वर्ष पहिले प्रकाशित

चितवनको रत्ननगरमा हावाहुरी : सयौं गट्ठा जमिनमा लगाईएको मकै बाली नस्ट

आज (शुक्रवार) बेलुकी पख साँझ ६ बजे बाट आएको ४१ मिनेट लामो हावा, हुरी र संगै आएको पानीले पूर्वी चितवनको रत्ननगर नगरपालिकाको बडा नम्बर १२ र अन्य वडाहरूमा सयौं गट्ठा जमिनमा लगाईएको हिउदें मकै बाली नस्ट भएको छ ।

केही समय अगाडी परेको लामों खंडेरी पश्चात् भर्खरै (अगाडीको हप्तामा) सिंचाई सम्पन्न गरिएको सम्पूणं मकै बालीमा बढ़ी क्षेती पुगेको रत्ननगरका किसान शिव प्रसाद भट्टले जानकारी गराउनु भयो । यस समाचार तयार पार्दा समेत उक्त क्षेत्रमा घनघोर वर्षा जारी रहेको र अंध्यारो तर्फ दिन गईरहेको छ । यस भेगमा भित्रीन लागेको गहूँ र केरा लगायतका अन्य वालि नालीमा पनि ठूलो क्षेती पुगेको हुन सक्ने भट्टले वताए ।

पछिल्लो समय कृषि बिमा तर्फ कृषक आकर्षित भएपनि केरा बाहेक अन्य गहूँ, मकै लगाउने कृषकहरूले प्राय: बिमा गर्दैनन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!