US Khabar
  • लकडाउनले निम्त्याएको अर्को महामारी

    - Admin | २ वर्ष पहिले प्रकाशित

    लकडाउनले निम्त्याएको अर्को महामारी

    बिबेक चन्द ठकुरी (मध्यपस्चिम, नेपाल)

     

     

    चिनको बुहान प्रान्तबाट बिश्वभर महामारीको रुपना फैलीएको कोरोना भाईरस कोभिड-१९ को असरलाई कम गर्न बिश्वका अन्य देशहरुलेझैं नेपाल सरकारले पनी गत चैत्र दोस्रो साता बाट लगडाउन सुरु गरेको थियो । पटक-पटक गरी यो स्थितीलाई थपेर आगामी बैशाख १५ गते सम्म पुर्याएको छ । हालसम्म नेपालका बिभिन्न जिल्लामा कोरोनाका संक्रमितहरु भेटीए संगै यो लकडाउन यतिमै सकीने आधार कतै बाट देखिदैन । कोरोना संक्रमण बाट बच्न र बचाउन लकडाउन मात्र एउटा अन्तिम यस्तो बिकल्प हो, तर नेपाल जस्तो बिकासोन्मुख, र गरीबीको रेखामुनी परेको देशमा यही लकडाउन अर्को महामारीको रुपमा उत्पन्न हुने संकेत बिभिद कारणहरुले देखाएको छ ।

    कारण नंबर १-: नेपाल सरकारले लकडाउन त गर्यो यसको प्रभावकारितामा जताततै प्रश्नै-प्रश्न खडा गरायो । लकडाउनको प्रभावकारीता उल्यखिय मात्रामा नहुनाले यसरी प्रशन खडा भएको हो । पहिलो कुरा त हाम्रो देश संग छिमेकी मुलुक भारतको खुल्ला सिमाना तथा नाकाहरुमा भएको अब्यवस्थित आवत जावत र भिडलाई कडाई वा आबस्यक चेकजाॅच र संका लागे आईसोलेसन र दुईहप्ता अनिबार्य क्वारेन्टाइनको ब्यवस्था गर्न सकेन । तसर्थ देशमा गरिएको कडा लकडाउनको कुनै अर्थ रहेन । कतिपय ठाउहरु र एरपोर्टमा लकडाउन गरेता पनी बिदेशबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ परिक्षणमा देखिएको कम्जोरी र प्रयोग गरीएका स्वास्थ्य सामाग्रीको गुणस्तरमा पनी संका रहयो । यसरी ठाॅउ-ठाॅउ चुक्नु र अन्य स्वास्थ सामाग्री खरीद गरील्याउने प्रक्रियामा भएको गाईगुई आर्थिक अनियमितताले सरकारका कदमलाई झन असफल तुल्याउदै लग्यो ।

    कारण नंबर २-: यो लकडाउन प्रभावकारी बनाउन समयमै आम जनतालाई आ-आफ्नो गाॅउघरमा सुरक्षित पुर्याउन तर्फ कुनै बाताबरण तयार गर्न सकेन, अझैं पछिल्लो समयमा रक्षा मन्त्रीले लकडाउनकै बिचमा उपत्यकाबाहिरका सर्बसाधारणहरुलाई आ-आफ्नो घर जान दुईदिन खुल्ला गर्ने भनी प्रेश बिज्ञप्ती जारी गर्नु, त्यसको १/२ घण्टा नबित्दै मन्त्रीमण्डलबाट पारीत नगराई पुन खारेजीको बिज्ञप्ती जारी गर्नुले त सरकारको केटाकेटीपनको झल्को प्रष्टै पारिदियो र आम जनता र मिडियामा ठुलै बिवादको बिषय पनी बन्यो ।

    सरकारका पटक-पटकका कच्चा निर्णय र कम्जोरीका कारण आज पुर्ब पस्चिमका सर्बसाधारण नागरीकहरु भोक-भोकै हप्ता-दश दिन लगाएर ३ देखी ५/७ सय किलोमिटरको दुरी सम्म हिडेर आफ्नो घर वा गन्तब्यमा पुग्न बिवस बनेका छन । सुन्दा सामान्य लाग्ला, यो सब सरकारको आलोचना गर्नेहरुको पर्पोगाण्डा भनी सरकार गैरजिम्मेवार नबनोस, बिगत केही दिन देखी बिभिन्न मिडीयाहरुले पुर्बको बिपी राजमार्ग तथा अरनिको राजमार्गमा सामान्य चप्पल र खाली खुट्टा भोकै, एक बोतल पानीको भरमा आफ्नो गन्तब्यमा जान हिडेका सर्बसाधारणहरुको पिडा लाईभ प्रशारण गरीरहेकै हुन ।

    राज्य र सरकार कहाॅ छ ? किन यति लाचार बनिरहेको छ ? किन निरिह प्राणी बनीरहेको छ ? के यो सरकारले जनता भनेका केही सिमीत आफ्नो धुप-पुजा गर्ने कार्यकर्ताहरुलाई मात्र सम्झेको हो ? कि सरकारका गलत निर्णय र कार्यको पनी खुलेरै प्रशंसा गर्नेहरुलाई मात्र नेपाली जनता भन्ने ठानेको हो ? यदि त्यसो हो भने त मेरो भन्नु केही छैन । अन्यथा भोको पेटका अगाडी सरकारले गरेको कडा लकडाउन र बिश्वभर फैलीएको साथै संसारका बिकसित तथा सक्तिशाली देशहरु थरथर काॅपीरहेको कोरोना कोभिड-१९ को महामारी बाट पनी नडराई खाली खुट्टा एक मुठ्ठी चिउरा र पानीको भरमा ५/७ सय किलो मिटर हिडेर गन्तब्यमा पुग्नेहरु पनी नेपाली जनतानै हुन । तिनीहरुको पिडाको कथा केही दिन यताका दैनिक पत्र-पत्रपत्रिका तथा टेलिभिजनहरुमा आई रहेको छन । सरकारले ॲाखा खेलेर हेरोस र कान खोलेर सुनोस ।

    सरकार संग यसरी लकडाउनको समयमा उपत्यकामा बसेर कोरोना भाईरसबाट भन्दा खान नपाएर भोक-भोकै मर्ने पिरले छटपट्टिएर उपत्यका छोडी कोषौ दुरीटाढाको गन्तब्यमा पुग्ने पिडीत नेपालीहरुको कुनै तथ्यांक छैन । होस पनी कसरी ? दिर्घकालीन सोच र भिजन नभएको सरकारले पुलीस प्रशासन लगाई निलडाम हुने गरी मरनासन्य अबस्थामा पुर्याई चुटेकै छ । ज्याला मजदुरी गरी पेट पाल्ने गरीब मरे मरुन बरु भन्ने तरिकाले कानमा तेल हाली सुतेको सरकारलाई बिउझ्याउने कसको ताकत होला र ?

    नेपाल सरकार र सरोकारवाला निकायहरुलाई थाहा छ ? उपत्यका बाट धनगढी, दैलेख, सुर्खेत, बाॅके र बर्दिया कति टाढा छ भन्ने कुरा ? कम्तिमा पनी ५ सय भन्दा माथी ८ सय किलोमिटर दुरीको हाराहारीमा छ । यति लामो दुरीमा हिडेर गन्तब्यमा पुग्नु ति मानिसहरुका लागी चुनौतिपुर्ण त छदै छ । अत्याधुनिक युगमा नेपालको दुईतिहाई सरकारको सस्तो मजाक भन्दा अरु के होला ? आजै मात्र अन्नपुर्ण अनलाईनमा एउटा खबर पढेको थिए । दर्जनौ मानिस उपत्यकाबाट बर्दिया, बाॅके, धनगढी र सुर्खेत-दैलेख पुग्न हिडेका, ति मध्य केही त ७औं दिनमा आफ्नो घर वा गन्तब्यमा पुगेर खुट्टाभरी फोका उठेको देखाउदै सरकार कहाॅ छ भनि चित्कार गरीरहेका थिए भने, कति उल्टै बिरामी परेरे जिउनु न मर्नुको दोसाॅधमा पुगेको देखियो । अझै कहाली लाग्दो कुरा कतिपय मानिसहरु हिड्न नसकेर दाॅगदेखि पस्चिम महेन्द्र राजमार्गमा पर्ने ठुलो घना जंगल बाॅके राष्ट्रिय निकुन्जमै हराईरहेका छन । जो हाल सम्म परिवारको सम्पर्कमा आउन सकीरहेका छैनन् । बाघ भालु लगायतका जंगली जनावरको आक्रमणमा परी ज्यान गुमाए होलान की ? यसको जवाफ कसले दिने ? राज्य र सरकार किन यति बेखबर बनिरहेको छ ।

    के राज्यमा भएको पुलीस प्रशासन खन्याएर कडाई गरीको लकडाउन मात्रै कोरोना संक्रमण फैलन नदिने अन्तिम र एक मात्र बिकल्प हो रहेछ त ? यसरी दैनिक ज्याला मजदुरीबाट छाक टार्ने गरिबहरु भोकभोकै मरेको मराई र उपत्यकामा खान नपाई कोषौ दुरी टाढा हिडेर आफ्ना घरपरिवार संगको मिलको सपना बोकी खाली खुट्टा हिड्दा जंगलमै ब्यपत्ता भै मर्नेहरुको मराई कुनै कोरोना त के कोरोनाको बाउ भाईरसको भन्दा कम छैन । एका तिर कोरोना भाईरसले सक्काउछ की भन्ने भय त यथावत छ, कोषौ टाढा बाट हिडेर आएका आफन्त सुरक्षित आईपुग्ने या नपुग्ने र जंगलमै ब्यपत्ता भएका हरुको प्रतिक्षामा तड्पिनुको पिडा अर्को महामारी बनी उभ्भिएको छ । कल्पना गर्नुहोस त ति गरीब बाबुआमाहरुको छट्पट्टाईको पिडा ? कोरोनाको संक्रमण सामान्य लाग्न सक्छ ।

    सरकारी अधिकारी र जनप्रतिनिधीहरुले, ब्याक्तिगत र केही निजी कम्पनिका दाताहरुबाट प्राप्त राहात बितरणमा गरेको दलालीको त बयान गरेर साध्य छैन । आफ्ना भोटरलाई मात्र दिने, नातागोताकालाई मात्र दिने, वा आफैले कुम्ल्याउने गरेका समाचार जताततै छताछुल्ल भएका छन । यो पंतिकारले यहाॅ भन्दा बढी आफ्नै सरिर कन्याई धुलो उडाउन चहाएन । यो महामारीलाई रोक्न गरीएको लकडाउन बाट उत्पन्न हुने भविस्यको भयंकर ठुलो महामारीलाई आंकलन गरोस र राज्य-सरकार गम्भिर बनोस । स्वस्थ र सत्य-तथ्यमा आधारित आलोचनाहरुलाई आत्मासाथ गरोस, ताकी सरकारले सच्चीने मौका पाउछ । यसलाई गलत अर्थ नलगाई, ध्यान पुर्याई, अबका दिनमा कुनै पनी कार्यलाई प्रभावकारी पारेमा, सरकार सफल हुन्छने छ र कोरोना भाईरस कोभिड-१९ संग लड्न आम जनतालाई प्रेरीत गर्ने छ । बाॅकी जति लकडाउनले निम्त्याउने खतरा पनी सामान्य हुदै जानेछन । धन्यबाद !!

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!