US Khabar
  • प्रेम, समर्पण र कर्तव्यको कथा: गीतकार राखी गौचनको ‘ए मन’ सार्वजनिक (भिडियो)

    - Admin | ३ हप्ता पहिले प्रकाशित

    प्रेम, समर्पण र कर्तव्यको कथा: गीतकार राखी गौचनको ‘ए मन’ सार्वजनिक (भिडियो)

    गीतकार राखी गौचनको गीत ए मन सार्वजनिक भएको छ । अमेरिकामा रहेर नेपाली साहित्य तथा संगीत क्षेत्रमा सक्रिय छवि स्थापित गीतकार गौचनको ए मन भिडियो सहित सार्वजनिक भएको हो ।

    गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को संगीत तथा स्वर रहेको गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

    प्रेम, दाम्पत्य सुख र बिछोडको गहिरो मर्मलाई प्रस्तुत गरिएको छ । बच्चाको जन्मिदिएर संसारबाट बिदा भएकी श्रीमतीको बियोगमा बिछिप्द पुरुषको कथालाई चित्रण गरिएको यस गीतको भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालको अभिनय रहेको छ ।

    मुनाल शिशिर कोइरालाको निर्देशनमा निर्माण भएको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने सम्पादन शिलन लम्सालको रहेको छ।

    नेपाली साहित्य र संगीतकर्मीबिच सशक्त गीतकारका रुपमा परिचय बनाएकी गीतकार राखी गौचनका यस अघि मैले बुझ्न सकेको भए, जानी नजानी, म आत्तिएको बेला, कहाँ बिरायौं बाटो लगायतका दर्जनौं गीतहरु सार्वजनिक छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!