गैर आवासीय नेपाली सोसल क्लब ओमनको नयाँ कार्यसमिती चयन भएको छ । निवर्तमान अध्यक्ष सेवन्त पुर्जाको अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न साधरण सभाले विकल झाको नेतृत्वमा २१ सदस्सिय नयाँ कार्य समिती चयन गरेको हो ।
एनआरएनए एनसीसी कै भूमिकामा रहेर काम गरिरहेको एनआरएन सोसल क्लबको नयाँ कार्यसमितीमा उपाध्यक्ष पदमा सुरेश खड्का र महेश चौधरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र सहकोषाध्यक्षमा फुर्वा सांगे रुम्बा चयन भएका छन् ।
मध्यपूर्वको सबैभन्दा महत्वपूर्ण एनसीसीका रुपमा हेरिएको एनआरएन सोसल क्लब ओमनको नयाँ कार्यसमितीले सुरज चित्रकारलाई युवा संयोजक र पुजा बस्नेतलाई महिला संयोजकमा चयन भएका छन् भने सदस्यामा बिनोद कुमार दास, सुस्मा लिम्बू,रमेश सुन्दास, लक्ष्मी प्रसाद कोइराला, बिजेन्द्र सवार, शेरबहादुर बस्नेत, कन्चन पोख्रेल, बिन बहादुर बस्नेत, साङ्गी जोगेबु, टिका दाहाल र पारश्वर योगी चयन भएका छन् ।
एनआरएनए आईसीसी र एनसीसी संवद्ध ब्यक्तीहरुको आतित्यतामा सम्पन्न साधारण सभाले निवर्तमान अध्यक्ष क्याप्टेन सेवन्त पुर्जालाई प्रमुख संरक्षकमा मनोनित पनि गरेको छ ।
प्रतिक्रिया