गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा सिपि पौडेलले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । बर्तमान एनसीसी अमेरिकाका बोर्ड अफ डाईरेक्टर पौडेलले आशन्न निर्वाचन (२०२१-०२३) का लागि आईसीसी सदस्य पदमा आफ्नो उमेद्वारी सार्वजनिक गरेका हुन् ।
लामो समय देखी टेक्सासमा रहेर सक्रिय र सफल सामाजिक छवि बनाएका पौडेल प्रवासी नेपालीका समस्यालाई अझ बृहत रुपमा संबोधन गर्ने उदेश्यले यस पटक एनसीसीबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यसमिती प्रवेश गर्ने तयारीमा छन् ।
मातृभूमि नेपाल र कर्मभूमी अमेरिकालाई जोड्ने सेतुको भूमिकामा एनआरएनएको अहमं भूमिका रहने बताउँदै आएका पौडेलले चुनावी पोष्टर सामाजिक संजालमा सार्वजनिक भएपनि उनका चुनावी प्रतिवद्धता भने अरुको जस्तो बुँदागत रुपमा आएको छैन ।
अत्यन्त हार्दिकताका साथ यहाँ रहेका नेपालीमाझ पेस आउने पौडेलले अघिल्लो निर्वाचनको आफ्नो बिजयी यात्राको स्मरण गर्दै यस पटकको आईसीसी उमेद्वारीलाई पनि साथ र मार्गदर्शन रहने उनले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया