US Khabar
  • सस्थालाइ राजनीति गर्ने थलो नबनाउनु होस् – अध्यक्ष प्रत्यासी कृष्ण लामिछाने

    - Admin | २ हप्ता पहिले प्रकाशित

    सस्थालाइ राजनीति गर्ने थलो नबनाउनु होस् – अध्यक्ष प्रत्यासी कृष्ण लामिछाने

    एनआरएनए अमेरिकाको नयाँ कार्यसमिती निर्वाचनका अध्यक्ष प्रत्यासी कृष्ण लामिछानेले पार्टीका मकुण्डो लगायर भोट माग्न आउनेलाई मतदाताले बहिस्कार गर्नु पर्ने बताएका छन् ।
    शनिवार ह्युस्टनमा आयोजित उमेद्वारी घोषणा कार्यक्रममा अतिथीका रुपमा सहभागी लामिछानेले राजनितीक आडमा एनआरएनएको निर्वाचन जित्छु भन्ने भ्रम मतदाता स्वयंले मात्र तोड्न सक्ने भन्दै यस्ता उमेद्वारलाई मतका हकमा बहिस्कार नै गर्न सक्ने मनोबलका लागि नेपाली समुदायलाई सचेत गराएका हुन् ।

    कार्यक्रममा लामिछानेले भने “पार्टीको मुकुण्डो लगाएर तपाईको घरमा कोहि आउछ भने राम्रो जवाफ दिएर पठाउनुहोस् , भन्नुहोस , एनआरएनए सस्था राजनीति गर्ने थलो होइन । “

    शनिवार ह्वस्टनमा एक कार्यक्रमको आयोजना गरि एनसीसी सचिव पदका लागि द्रोण गौतम, टेक्ससा च्याप्टर अध्यक्षमा गंगा शर्मा र च्याप्टर सचिवमा कृष्ण न्यौपानेले संयुक्त औपचारिक उमेद्वारी घोषणा कार्यक्रममा सहभागी उनि यस चुनावका कारण आपसी भाईचारमा कटुता भन्दा आत्मियताको बृद्धी गर्ने वातावरण सृजना गर्नु पर्छ भन्ने मान्यतामा छन् । त्यसैले अध्यक्ष पदका उमेद्वार उनि समयले साथ दिए अरु उमेद्वारको हौसला र एकताका लागि आफु निर्वाचन लक्षित कार्यक्रमका सहभागीता जनाउने बिचारमा पनि छन् ।

    बिगत २ दशकदेखी नेपाली भाषा, साहित्य र संस्कृतिको महत्वमाथी काम गर्दै आएका लामिछाने पदिय मोह भन्दा बाहिर रहेर पारदर्शी सामाजिक छवि बनाएका ब्यक्ती हुन् ।
    घरको जिम्मेबारी कुशलता पूर्वक निर्वाह गर्नेले समाज बनाउन सक्छ र यहि अनुभव र अध्ययनका अधारमा उसले जुन सुकै नयाँ ठाउँ र पदमा आफुलाई उभ्याउन सक्छ भन्ने उदाहरण स्वय आफैं हुन् लामिछाने । एनआरएनए नेतृत्व लिने ब्यक्ती अत्यन्त सामाजिक प्रवृतीको हुनुपर्छ जसले त्यहाँ गएर सिस्टमका होईन सिंगो अमेरिकी नेपाली समुदायको सानो सानो समस्यालाई आफ्नो ठान्न सक्नु पर्छ भन्ने धारणा राख्ने उनि समाजको बिकास र भावि पुस्ताका लागि संवेदनशिल भएर काम गर्ने नेपाली हुन् ।

    दोहोरो नागरिकता, एनआरएनए नागरिकता लगायतका बिषयमाथी समेत बोल्दै आएका उनि नयाँ पुस्तालाई एनआरएनए सम्म लयाउन उनिहरुलाई नेपाली भाषा, संस्कार र नेपालप्रतिको आफ्नो दाहित्व महशुष गराउनु पर्छ तव मात्र नयाँ पुस्ताले यहाँ रहेका नेपाली समुदाय र समुदायका लागि राम्रो गरेकाहरुको योगदान भोलीका पुस्तासम्म जोडिने भएकाले संस्थागत छवि आजैबाट सकारात्मक बनाउनु पर्ने बताउँछन ।

    उदाहरणमा लामिछानेले आफु प्रभावित ब्यक्तीको हौसला र त्यसले जगाउने उत्प्रेरणाको अनुभव पनि साटेका थिए । नेपाली मन एकता र आत्मियता बोकेको मन भएको उदाहरण पेस गर्दै उनले भने यहाँको कुनै क्षेत्रका नेपालीको मृत्यु, आगलागि, हिमपात जस्ता अप्रिय समाचारमा अर्को राज्यमा रहेको नेपालीलाई नमज्जा लाग्नु, सबै एकजुट हुनु र दुख्नु नै संस्कार नै नेपाली संस्कार हो । त्यसैले एनआरएनए अमेरिकाको निर्वाचनमा पनि सबै उमेद्वारले एक अर्कालाई सहयोग गर्नु पर्ने उनले बताए ।

    आईसीसी अमेरिका नेतृत्व प्रत्यासी लामिछाने भने झैं यस एकताको सुरुवात आजै बाट गर्ने हो भने यहाँ निर्वाचनले कटुटा, घोचपेच, बिरोध केही पनि निम्त्याउँदैन । बाँकी रर्यो भोट अर्थात मतको कुरा , यदी साँच्चैनै एनआरएनए अमेरिकाको निर्वाचन पारदर्शी छ भने आ आफ्नो कर्मको आधारमा उनिहरुले पाउने मतलाई अर्को उमेद्वारका कारण असजिलो पर्दैन यत्ती हो निर्वाचनमा उठेका उमेद्वारका आजका प्रतिवद्धतामा उल्लेख भए झैं हार जित जे भएपनि उनिहरु सामाजिक अभियानमा रहन सके सबैले कल्पना गरेको जस्तै एनआरएनए बन्न त्यती गाह्रो पनि छैन ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">
    error: Content is protected !!